कोशी प्रदेश विरुद्ध आन्दोलन : किरात राई यायोख्खाका केन्द्रीय अध्यक्षसहित पक्राउ पर्नेको संख्या २६ पुग्यो

<span class='c1'>कोशी प्रदेश विरुद्ध आन्दोलन : किरात राई यायोख्खाका</span> <span class='c2'>केन्द्रीय अध्यक्षसहित पक्राउ पर्नेको संख्या २६ पुग्यो</span>

विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जिवन हताजु राई पनि पक्राउ परेका छन् ।

मोरङ प्रहरीले उनलाई विराटनगरको देबकोटा चौकमा रहेको एक होटलमा चिया खाएर बाहिर निस्किएपछि आज पक्राउ गरेको हो ।

राई पक्राउ परेसँगे पक्राउ पर्नेको संख्या २६ पुगेको पहिचानवादीहरुले जानकारी दिएको छ ।
कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि यसअघि विहान आन्दोलनमा उत्रिएका एलभी फोर्सका १३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष थाङसाङ लावती, उपमहासचिव दिपा आङ्दाङ्वालगायत छन् । १२÷ १५ जना एलभी लेखिएको हेल्मेट लगाएको समूहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत फागुन १७ गते प्रदेशको नामाकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्दैछ ।

उता, पहिचानवादीहरूले पनि प्रदेशसभाको बजेट अधिवेशनलाई लक्षित गर्दै आन्दोलनकोे घोषणा गरेका छन् । शुक्रबार विराटनगरमा युवा दस्ता निर्माणको घोषणा गरेका पहिचानवादीहरुले कोशी नाम खारेजको माग गर्दै शनिबार महेन्द्र चोकमा प्रदर्शन गरेका थिए । आज उनीहरुले वृहत र फरक तरिकाले आन्दोलन गर्ने जनाएका छन् ।

सो आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रदेशसभा परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडी र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ भने प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्