शैक्षिक सूचकाङ्क सुधारोन्मुख

<span class='c1'>शैक्षिक सूचकाङ्क</span> <span class='c2'>सुधारोन्मुख</span>

काठमाडौँ । आर्थिक सर्वेक्षण, २०८० ले शैक्षिक सूचकाङ्कहरु सुधारोन्मुख भएको देखाएको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले आज संसद्मा प्रस्तुत गर्नुभएको सो सर्वेक्षणले विद्यालय भर्ना दर, विद्यार्थी टिकाउ दर र साक्षरता दरमा वृद्धि आएको र विद्यालय शिक्षामा लैङ्गिक समानता हासिल भएको जनाइएको छ ।

चालु आर्थिक वर्षमा प्राथमिक तहको खुद भर्ना दर ९७ दशमलव १, आधारभूत तहमा ९६ दशमलव १ र माध्यमिक तहमा ५७ दशमलव ४ प्रतिशत पुगेको छ । उक्त प्रतिशत गत आर्थिक वर्षको तुलनामा सामान्य वृद्धि हो । कक्षा ८ सम्मको विद्यार्थी टिकाउ दर शैक्षिकसत्र २०७८ मा ८५ दशमलव ६, कक्षा १० सम्ममा ६७ दशमलव ३ र कक्षा १२ सम्ममा ३५ दशमलव ४ प्रतिशत पुगेको छ । यस्तै १५ वर्ष उमेर माथिका नागरिकको साक्षरता दर ५८ रहेको छ ।

चालु आर्थिक वर्षको कूल गार्हस्थ्य उत्पादनमा शिक्षा क्षेत्रको योगदान ८ दशमलव २२ प्रतिशत रहने र उत्पादन ४ दशमलव ०७ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान शून्य दशमलव ११ प्रतिशतले सामान्य वृद्धि हुने अनुमान रहेको छ ।

सर्वेक्षणले विश्वका एक सय ९१ मुलुकमध्ये मानव विकास सूचकाङ्कमा नेपाल एक सय ४३औँ स्थानमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्