कोशी प्रदेश : दलको नेता सरकारमा कार्यकर्ता सडकमा

<span class='c1'>कोशी प्रदेश : दलको</span> <span class='c2'>नेता सरकारमा कार्यकर्ता सडकमा</span>

सुजता लिम्बू
विराटनगर । फागुन १७ गते प्रदेश १ ले ‘सप्राइज’ को रुपमा कोशी नाम पायो । जुन समय प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्ने माग राख्दै बाहिर नाराबाजी हुँदै गर्दा प्रदेशसभा भित्र नामको विषयमा छलफल चलिरहेको थियो । लामो छलफलपछि प्रदेशले कोशी नाम पाउने पक्का भयो ।

अर्थात बहुमतका साथ कोशी नाम पारित हुने भएपछि जसपाकी एक्ली सांसद कोशी प्रदेश सरकारको एक्ली सांसद निर्मला लिम्बू रोष्ट्रममा भक्कानिएकी थिइन् । संसद बैठकमा बोल्दै उनले भनेकि थिइन् । ‘बहुमतको दम्भका अघि म एक्लो सांसदलाई सती पठाएझैं भयो । पहिचानको आवाजको हत्या भयो ।’ त्यसो त बोल्दाबोल्दै उनको गला अवरूद्ध भएको थियो । उनले लिम्बूवान जाती नभएको समेत बताउँदै प्रदेशको नाम किरात लिम्बूवान राख्न सबैलाई न्याय हुने समेत बताएकी थिइन् ।

उनले पहिचान विरोधीहरूको बहुमत भएको पीडाले आफू द्रवित बनेको भन्दै उनले भनेकि थिइन्,‘ पहिचान खोलानालाले मागेको थिएन ती खोलानाला जोगाउने काम नागरिकले गरे, पहिचान तिनैले मागे । तर, जातीय नाममा न्यायको आवाज दबाइयो ।’ तर, अहिले उनले त्यो समय दिएको अभिव्यक्ति भने आलोचित हुन पुगेको छ । रोष्ट्रमा उभिएर खसाएको उनको आँशु गोहीको भन्दै उनलाई आलोचनाको कठघरामा उभ्याइएको छ ।
धरानका विद्यार्थी नेता सागर चेम्जोङले कार्यकर्ता विरोधका साथ सडकमा उत्रिदा नैतिकताको आधारमा मन्त्री लिम्बूले सरकारलाई दिएको समर्थन फिर्ता दिनुपर्ने धारणा राख्छन् । उनी मात्रै होइन उनी आवद्ध दलका नेताकार्यकर्ता नै उनी प्रति असन्तुष्टि जनाउदै आइरहेका छन् । पार्टी अध्यक्ष समक्ष समेत उनले कुनै खालको सल्लाह सुझाव राख्न नचाएको जसपा एक नेताले बताए । उनले सत्ता बाहेर अरु केही नदेखेको समेत आरोप लगाए ।

सरकारमा नेता सडकमा कार्यकर्ता

मन्त्री लिम्बू सरकारमा हुँदा कार्यकर्ता भने प्रदेशको नामको विरुद्ध सडक आन्दोलनमा उत्रिएका छन् । आइतबार विराटनगरमा भएको आन्दोलनमा उनको दलका तीनजना कार्यकर्ता समेत प्रहरीले पक्राउ गरेका थिए । आन्दोलनको क्रममा प्रदेशसभा वरपरका सरकारी कार्यालय, अस्पता, औषधी पसल साथै लिम्बूले सम्हालेको स्वास्थ्य मन्त्रालय समेत तोडफोड भएको थियो ।
उनले प्रदेशसभा बैठकमा सम्बोधन गर्दै आफू सरकारपक्ष र आन्दालेनकारी पक्षबाट नै निसानीमा परेको भन्दै सुरक्षाको माग समेत राखेकी थिइन् । सडकमा कार्यकर्ता हुँदा सरकार छोड्न नचाहेको भन्दै उनलाई वंश गदारको संज्ञा समेत दिइएको छ । यो विषयमा टेलिफोन मार्फत उनीसँग कुराकानी गर्न खोज्दा उनी सम्पर्क हुन सकेन ।

बैठकले निर्णय गर्छ सरकारमा बस्ने या छोड्ने
जसपाका पूर्व सांसद एवम् पूर्व स्वास्थ्यमन्त्री जयराम यादवले जनता समाजवादी पार्टी देशको उत्पिडित राष्ट्रियताको हक अधिकारको लागि स्थापित भएको पार्टी रहेको बताए ।

संघीयता, धर्मनिरिपेक्षता, समानुपातिक , लगायतका मुद्दा छन् यो सम्पूर्ण कुराले पूर्णता पाउनुपर्छ भने रहेको बताउदै उनले कोशी प्रदेशको नामामा सरकारलाई दिएको समर्थन बैठकले टुंगो लगाउने बताए । सरकारलाई दिइएको समर्थनको विषयमा पार्टीपंक्तिबाट पनि धेरै सुझाव आएको बताउदै उनले पार्टीको प्रदेश कमिटीको बैठक बसेपछि निष्कर्ष आउने बताए ।

मन्त्रालय तोडफोडको विषय संयोगको कुरा रहेको बताउदै उनले भने,‘स्वास्थ्यमन्त्रलाय तोडाफोड हुनु निषेधेज्ञा भन्दा बाहीर त्यो स्थान परेको भएर पनि हुनसक्छ, यो मेरो व्यक्तिगत विचारमा संयोग बस तोडफोड भएको हुनसक्छ ।’ छेवैमा सरकारी कार्यालय भएकोले त्यस्तो भएको हुनसक्ने बताउदै उनले सरकारी भवन गाडी भएकाले पनि आन्दोलनकारीले क्षति पुर्याएको हुनसक्ने उनको भनाई थियो । उनले भने,‘ तर मन्त्रीलाई नै निसानी बनाउनुपर्छ भन्ने हिसाबले गरेको होइन, त्यो उचित होइन।’
तपाईहरुको दल सरकारमा, कार्यकर्ता सडकमा उत्रिएको अवस्थामा यसलाई सकरी लिनुभएको छ ? भन्ने प्रश्नमा उनले मन्त्री ज्युले पार्टीलाई स्पष्ट धारणा दिनुपर्ने बताए । ‘उहाँ सरकरारमा बस्दा राम्रो या नराम्रो यो उहाँले स्वविवेक प्रयोग गर्नुपर्ने हो ।’ उनले भने,‘ पहिचानको पार्टीको मुद्दा बोकेको हाम्रो पार्टी हो, यस्तो अवस्थामा सरकारमा बस्न उचित छ छैन भनेर उहाँले रिपोर्टि दिनुपर्यो हामीले सरकारबाट निस्किनु भन्नु लोकतन्त्रको खिलाप हुन्छ ।’ वातावरण भए सरकारमा बस्नु राम्रो नभए स्वविवेक प्रायेग गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्