विराटनगरबाट ब्राउन सुगरसहित कार्की पक्राउ

<span class='c1'>विराटनगरबाट ब्राउन सुगरसहित</span> <span class='c2'>कार्की पक्राउ</span>

विराटनगर । विराटनगर महानगरपालिका-१५ ढाट स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित आज दिउँसो एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उप-महानगरपालिका-१५ सुनसरीका ४४ बर्षीय भेष राज कार्की रहेका छन्।

आज दिउँसो २ बजे भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री धरान उप-महानगरपालिका-१५ सुनसरीका ४४ बर्षीय भेष राज कार्कीलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ४२ मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका कार्कीको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्