विराटनगरमा चलचित्र महोत्सव : ३० वटा भन्दा बढी चलचित्र प्रदर्शन गरिने

<span class='c1'>विराटनगरमा चलचित्र महोत्सव : ३० वटा</span> <span class='c2'>भन्दा बढी चलचित्र प्रदर्शन गरिने</span>

विराटनगर । डकुमन्ट्री ओपन स्कुलले डकुमन्ट्री चलचित्र तथा स्थानीय भिडियोको विकासमा टेवा पुर्याउने उदेश्यले सहित विराटनगरमा ३ दिने चलचित्र महोत्सव गराउने भएको छ ।

विराटनगरको हाटखोला स्थित आरोहण गुरुकुलमा आगामी जेठ २६ गतेदेखी २८ गते सम्म “समथिङ्ग लाईक ए फिल्म फेष्टीभल” भन्ने नारा सहित डकुमेन्ट्री चलचित्र प्रदर्शनी गरिने भएको छ । तान नेपालसँगको सहकार्यमा देश तथा विदेशमा भएका नेपाली युवाहरुद्धारा निर्मित डकुमेन्ट्री चलचित्रहरु ३ दिन सम्म चलचित्र महोत्सवमा प्रर्दशनी गरिने भएको हो ।

विशेषगरी बालबालिका , जातिय पहिचान र लैगिक तथा यौनिक अल्पसंख्यक (क्वेर) विषयबस्तुलाई समेटिएका डकुमेन्ट्री चलचित्रहरु प्रदर्शन गरिने भएको छ।
साना चलचित्रहरुको पनि विकास र पैरवी गरी भिडियोको सन्देश प्रभाव गराउने उदेस्यका साथ चलचित्र महोत्सव गर्न लागिएको डकुमन्ट्री ओपन स्कुलकी कार्यक्रम व्यावस्थापक रेनुका चौधरीले जानकारी दिईन् ।

३ दिन सम्म हुने चलचित्र महोत्सवमा सेनाको चेली, ललीता, महानगर, आन्टीको गाँउ, ऐना झ्यालको पुतली, नेपालकी छोरी, काठमान्डौ मनसुन,लाउरेनी लगायत ३० वटा भन्दा बढी फिल्मी प्रदर्शनी गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्