विराटनगरमा कहाँ कहाँ छन् स्वीमिङ पुल ?

<span class='c1'>विराटनगरमा कहाँ कहाँ छन्</span> <span class='c2'>स्वीमिङ पुल ?</span>

प्रेम देवान/देवराज तामाङ
विराटनगर । विराटनगरमा गर्मी बढ्दो छ । बिहानैदेखी लाग्ने चर्को घामले गर्दा बजारमा आम सर्वसाधरणको उपस्थिती पनि कमैदेखिने गरेका छन् । विराटनगरको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसदेखि ४२ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ ।
टंन्टलापुर घामले गर्दा विराटनगर सहित तराईका विभिन्न क्षेत्रको जनजीवन अस्तव्यस्त बन्दै जान थालेको छ । तातो तापक्रमले गर्दा विराटनगरवासी यति बेला गर्मीले छल्न कता जाने सोच्न थालेका छन् ।

गर्मी छल्न मानिसहरु विभिन्न उपाय अपनाइरहेका हुन्छन् । घामबाट बच्नको लागी छाता ओढेर हिंड्ने, सनग्लास, सनस्क्रिन लगाउने, पूरा बाहुला भएको खुल्ला लुगा लगाउने गरिरहेका हुन्छन् । बढ्दो गर्मीमा शीतल हुने धेरै विकल्पमध्ये एक हो पौडी । पौडनु मनोरञ्जनसँगै स्वस्थ हुने तरिका पनि एक हो । यसलाई खेलको एउटा फरक विधाका रुपमा पनि लिइन्छ ।
स्वीमिङ पुलमा बच्चादेखि वृद्धसम्म रमाइरहेका देखिन्छन् । किनकि अहिले स्वीमिङ पुलमा हरेक उमेर समूहका लागि छुट्टाछुट्टै गहिराइ कायम गरिएको हुन्छ । पौडी खेल्न राम्रोसँग जान्ने व्यक्ति जति गहिराइमा पुगे पनि भयो, तर नजान्ने व्यक्ति आफू नडुब्ने गहिराइसम्म खेल्न सक्छन् । स्वीमिङ नजान्नेले ट्युब लिएर पनि खेल्न सकिन्छ ।

कहाँ कहाँ छन् स्वीमिङ पुल ?

पछिल्लो समय विराटनगरका विभिन्न होटल तथा स्कुलहरुले स्वीमिङ पुल राख्ने गरेका छन् ।
बढ्दो गर्मी छल्नका लागि स्वीमिङ पुल धाउनेहरु प्रशस्त भेटिन्छन् । विराटनगरका विभिन्न ठाउँमा रहेका स्वीमिङ पुलमध्ये ड्रिम गार्डनमा रहेको स्वीमिङ पुल पनि एक हो ।
जहाँ पौडी खेल्न आउनेहरुको भीड नै लाग्छ । विराटनगरको पुष्पलाल चोकदेखि करिब ५०० मिटर पूर्व रहेको गार्डेनमा पौडी साथै घुम्ने पार्कको सुविधा भएकाले यस ठाउँमा मानिसको विशेष चहलपहल हुने गरेको छ । दैनिकी आम सर्वसधारणहरु विराटनगरदेखी त्यस ठाँउमा स्वीमिङका लागी पुग्ने गरेका छन् । स्वीमिङ गरेको ३ सय ठुलालाई र साना बालबालिकालाई २ सय ५० रुपैयाँ रहेको ड्रिम गार्डनले जनाएको छ ।

यता विराटनगर ८ हाटखोलामा रहेको फन एण्ड फुड भिलेजमा पनि स्वीमिङ खेल्ने पारखीहरुको लागी उपयुक्त छ । विशेष गरी गर्मीयाममा विराटनगरवासीहरु स्वीमिङका लागी आउने गरेको फन एण्ड फुडका संचालक भुपाल राईले जानकारी दिए । स्वीमिङका लागी मेम्बरसिप समेत रहेको साथै ३ सय ठुलालाई र साना बालबालिकालाई २ सय ५० रहेको उनले जानकारी दिए । ठुलाका लागी ३ सय र सानाका लागी अढाई स्वीमिङका लागी शुल्क तोकिएको फन एण्ड फुड भिलेजले जनाएको छ । अहिले यो गर्मिको मौसममा विराटनगरवासीहरु गर्मि छल्नको लागी स्वीमिङ पुलमा जानेका गरेका छन् । दिउसो समय भन्दा बढी विहान र बेलुकीको समयमा पौडी खेल्न आउने गरेको राईले बताए ।

यता रोडशेषमा रहेको विग होटलमा स्वीमिङको लागी ५ सय प्लस भ्याट लाग्ने विग होटलका मेनेजर उद्धव भट्टले जानकारी दिए । त्यसैगरी बसपार्कको रत्ना होटलमा ८ सय । एयरर्पोट लाईनको होटल एशियाटिकमा ४ सय र १० बर्षभन्दा तलका लाई २५ प्रतिशत छुटको व्यावस्था रहेको एसियाटिक होटलका संचालक पुन्य भट्टराईले जानकारी दिए ।

उता हाटखोलामा रहेको आरके मलको सात तल्ला माथी स्काई लाउन्ज एण्ड ग्रिल रेष्टुरामा पनि स्वीमिङ पुल रहेको छ । विराटनगरको दृष्यलोकन हुने गरी बनाइएको स्वीमिङ पुलमा पनि विराटनगवासीहरु गर्मी छल्न जाने गरेको आर के मलका व्यावस्थापक संजिव गजमेरले जानकारी दिए । त्यहाँ ३ सय रुपैयाँमा दिनभरी खेल्न सकिने गजमेरले बताए ।

यता विराटनगरका स्कुलहरुले पनि पछिल्लो समय स्कुलहरुमा स्वीमिङ पुलहरु राख्ने गरेका छन् । विराटनगरको सेन्ट जोसेफ स्कुल र एभरेष्ट कलेजमा स्वीमिङ पुल रहेको छ । एभरेष्ट कलेजले सर्वसाधारणको लागि बिहान र बेलुकाको समयमा स्वीमिङ गर्नका लागि एक महिनाको मेम्बरसिप ५ हजार रुपैयाँ रहेको एभरेष्ट कलेजका प्रशासन प्रमुख प्रेम नेपालले जानकारी दिए।

अहिले विराटनगरको गर्मी छल्नको लागि मुख्य गन्तव्य भनेको भेडेटार र भेडेटार चोकदेखि करिब नौ किलमिटर दुरीमा रहेको नमस्ते झरना हुने गर्छ। विराटनगरका स्वीमिङ पुलहरु विराटनगरवासीको लागि पहिलो रोजाई बन्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्