कहिले क्षितिजले हसाउँछ
कहिले
तेहि क्षितिज हेरेर
मनको कुना रसाउँछ
सबै समय थोक रहेछ
तेहि बाटोले हसाउँछ
कहिले तेहि बाटोले रुवाउँछ
सायद
मनको मौसम अनुरुप
यो जिन्दगी चल्छ
भेटिएर छुट्नुको पीडा पहिलै थाहा भए
नभेटिनु नै उचित हुन्थ्यो
भेटिए पछि नै त
छुट्नु जो निश्चित हुन्छ
यहाँ अपराध
कसैको हत्याले मात्रै कहाँ हुन्छ
घात त आफैले आफै संग पनि
अनेकौं अनेक जो गरिन्छ
कि पोल्छ भन्ने जान्दाजान्दै
आगोमा हिड्नुको मुर्खता गर्ने
आफ्नै पाइतला जलाउने आफ्नै अपराधी जस्तो!
हो म तेहि अपराधी हुँ !!