विराटनगर । नागरिकता माग गर्दै मोरङका एक युवकद्धारा आत्मदाहको प्रयास गरेका छन् ।
मोरङ कटहरीका निरजकुमार कामतले काठमाडौंको माइतीघर मण्डलामा मंगलबार आत्मदाहको प्रयास गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि परेको रिटमा सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेपछि जन्मको आधारमा नागरिकता पाएका बाबुआमाका सन्ताले नागरिकता पाउन सकेका छैनन् ।
सर्वोच्चको आदेशपछि नागरिकता विहीन संघर्ष समितिले माइतीघरमा आन्दोलन गर्दै आइरहेका छन् । नागरिकताविहीन युवकले आफैँलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिएका छन् ।
आत्मदाहको प्रयास गर्दैगर्दा प्रहरीले कामतलाई उद्धार गरेको छ । उद्धारपछि कामतलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ ।