विराटनगर । यामाहा नेपालले सस्तो र सुविधाजनक अत्याधुनिक हाइब्रिड स्कुटर बजारमा ल्याएको छ ।
मंगलबार एक कार्यक्रमबीच यामाहा नेपालको आधिकारिक विक्रेता विराटनगर-२ मुनालपथ स्थित तिरूपति अटो प्यालेस प्रा.लिले यामाहाको 'रे जेडआर १२५ हाइब्रिड स्कुटर सार्वजनिक गरेको छ । यो स्कुटर नेपालको पहिलो हाइब्रिड स्कुटर हो। स्याण्डेड, डिलक्स, प्रिमियम र प्रिमियम प्लस गरी ४ रोजाईमा स्कुटर उपलब्ध छ । रे जेडआर १२५ हाइब्रिडको केन्द्रमा शक्तिशाली एयरकुल्ड फ्युल इन्जेक्टेड १२५ सीसी ब्लुकोर इन्जिन छ ।
स्कुटरमा रहेको इलेक्ट्रिक पावर सर्पोटको सिमलेस एकीकरणले इन्धनको बचतका साथै समग्र सवारी अनुभवलाई बढाउने छ ।
न्यून आवाज गर्ने रे जेडआर १२५ हाइब्रिड एक पुनः डिजाइन गरिएको पूर्ण रूपमा डिजिटल उपकरण क्लष्टर र मानकको रूपमा एलईडी हेडल्याम्पले सुसज्जित छ। स्कुटरले सवारी चालकका लागि अधिकतम भिजिवलिटी र सुविधा सुनिश्चित गरेको छ ।
जम्मा तौल ९९ केजी भएको हलुका यस स्कुटरमा युनिफाईड ब्रेकिङ्ग सिष्टम, साइड स्टेण्ड इन्जिन कट अफ फड्सन र २१ लिटर अण्डरसिट भण्डारण जस्ता सुविधा छ । कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष भीम घिमिरेले युवामा केहि उद्यम गर्ने इच्छाशक्ति भए देशबाट पलायन हुनुपर्ने बाध्यताको अन्त्य हुने बताए । उनले तिरूपतिका प्रवन्ध निर्देशक नयन पराजुलीको मिहिनेतका कारण कम्पनी पूर्वकै नम्बर १ यामाहा डिलरको रूपमा चिनिएको बताए ।
प्रवन्ध निर्देशक पराजुलीले स्कुटर सस्तो र यात्रा गर्न आरामदायी रहेको र आवाज कम आउने बताए ।