पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि कालोमोसो दल्ने विद्यार्थी नेता पक्राउ

<span class='c1'>पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि</span> <span class='c2'>कालोमोसो दल्ने विद्यार्थी नेता पक्राउ</span>

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि कोलोमोसो दलेको घटनामा संलग्न एक जना विद्यार्थी नेता पक्राउ परेका छन् ।

आयोगका अध्यक्ष महेश दाहालमाथि उक्त घटनामा संलग्न नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका सभापति सरोज पोखरेललाई बुधबार विहान प्रहरीले पक्राउ गरेको छ ।

आवश्यक अनुसन्धान एवं कारबाही अघि बढाउनका लागि प्रहरीले उनलाई बुढीगंगा गाउँपालिका क्षेत्रबाट पक्राउ गरी सुनसरीतर्फ लिएर गएको छ । सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले कालोमोसो दलेको घटनाको नेतृत्वकर्ता पोखरेललाई पक्राउ गरिएको जानकारी दिए ।

‘विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि १०–१५ जनाको समूहले कालोमोसो दलेको घटना सार्वजनिक भएपछि विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको छ । समूहको नेतृत्व गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइसकिएको छ,’ ढकालले भने, ‘अन्य व्यक्तिलाई पनि पक्राउ गर्न प्रहरी टोली परिचालित छ । कालोमोसो दल्नेजस्तो अमानवीय घटनामा संलग्नविरुद्ध कानुन अनुसार कारबाही अघि बढ्छ ।’

विश्वविद्यालय सेवा आयोगको कार्यालयले घटनामा संलग्नविरुद्ध मंगलबार सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी दिएको थियो । पक्राउ परेका पोखरेलसहित ३ जनाको नाममा किटानी जाहेरी परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा १०–१५ जना संलग्न रहेको भनेर जाहेरीमा उल्लेख गरिएको छ । उदण्ड एवं अमानवीय घटनामा संलग्न सबैको पहिचान भइसकेको र खोजी तीव्र पारिएको जानकारी प्रहरीले दिएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष दाहालमाथि गत सोमबार बिहान ९ः३० बजेतिर कालोमोसो छ्यापिएको थियो । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको नाम लिँदै पुगेको समूहले इटहरी उपमहानगरपालिका–२ स्थित निवासबाट बाहिर बोलाएर दाहालको अनुहारमा मोसो खन्याइदिएको हो । कार्यालय जाने तयारी गर्दै गरेका बेला निवासमा पुगेर दाहालमाथि अमानवीय हिसाबको दुव्र्यवहार गरिएको प्रहरीको भनाइ छ ।

सेवा आयोगका अध्यक्ष दाहाल कार्यालयमा नभेटिएपछि निवासमा पुगेर मोसो दलिएको दाबी नेविसंघले गर्दै आएको थियो । तर, नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी नेविसंघले नलिने स्पष्ट पारिसकेका छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै उनले कालोमोसो दलिएको घटनालाई अमानवीय भनेका छन् । उनले गलत हर्कतमा संलग्न जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालय र विश्वविद्यालय प्रशासनसँग माग समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्