कोशी प्रदेश : बजेट सार्वजनिक प्रस्तुत हुँदै गर्दा विपक्षी दल सहभागी भएनन्

<span class='c1'>कोशी प्रदेश : बजेट सार्वजनिक प्रस्तुत</span> <span class='c2'>हुँदै गर्दा विपक्षी दल सहभागी भएनन्</span>

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ को लागि अध्यादेशबाट ल्याएको बजेट सार्वजनिक भईरहँदा विपक्षी दलले भने बहिस्कार गरेका छन् ।

बजेट सार्वजनिक गर्ने कार्यक्रममा विपक्षी दल नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपाले बहिष्कार गरेका हुन् ।

संसद छलेर अध्यादेशबाट आउने बजेटमा सहभागी नहुने भन्दै उनीहरूले अल्पमतमा परेको सरकारले विश्वासको मत लिनुको साटो संविधान विपरीत अध्यादेशमार्फत बजेट ल्याएको भन्दै बहिष्कार गरेका हुन् ।

कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत लिएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट प्रस्तुत गरेका छन् ।
प्रदेश सरकारले बुधबार प्रदेशसभामा सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख पर्शुराम खापुङले प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रम माथि छलफल नै नगरी संसदको बजेट अधिवेशन अन्त्य गर्दै सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्