विराटनगर । कोशी प्रदेश सरकारले धरान उपमहानगरपालिकाको खानेपानीका लागि ४ करोड विनियाजन गरेको छ ।
अर्थमन्त्रालय समेत सम्हालिरहेका हिक्मतकुमार कार्कीले अध्यादेश मार्फत ल्याएको बजेटमा धरान खानेपानी समेटिएको हो ।
खानेपानी,सिचाइ तथा उर्जाको लागि ५ अर्ब ४३ करोड ८३ लाख मध्ये धरान उपमहानगरको खानेपानी वेल व्यवस्था गर्न चार करोड रकम विनियोजन भएको हो ।
कार्कीको विराटनगरस्थित आर्थिक मामिला मन्त्रालय सभाहलमा बजेट वक्तव्य जारी छ ।