जनपथ माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन प्रक्रिया प्रति स्थानीयको विरोध

<span class='c1'>जनपथ माध्यमिक विद्यालयको व्यवस्थापन समिति</span> <span class='c2'>गठन प्रक्रिया प्रति स्थानीयको विरोध</span>

विराटनगर । जनपथ माध्यमिक विद्यायको व्यवस्थापन समिति गठन प्रक्रिया प्रति स्थानीयले विरोध जनाएको छ ।

विराटनगर ११ मा रहेको सो विद्यालयद्वारा अभिभावक ,विद्यार्थीको समय अनुकूल बिना पत्रको आधारमा व्यवस्थापन समिति गठन प्रक्रिया अगाडि बढाएको प्रति विरोध जनाएको हो ।

विद्यालय व्यवस्थापन समिति गठन अगावै स्थानीय पत्रपत्रिकामा सूचना प्रवाह गर्नुपर्ने व्यवस्था रहेको भए पनि त्यस्तो कुनै किसिमको सूचना प्रवाह नगरेको गणेश शाह बताउछन् ।

कुनै खालको सूचना प्रवाह नगरी विद्यालय प्रशासनले आफ्नो समय अनुकूलको साथै व्यक्तिगत स्वार्थ पूरा गर्नका निम्ति विद्यार्थीलाई पत्र बाँडेर समिति गठनको सुचना दिइएको उनका दाबी छ ।

‘प्रशासनले आफ्नो समय अनुकूलसाथै व्यक्तिगत स्वार्थ पूरा गर्नको निम्ति विद्यार्थीहरुलाई पत्र बाडी भोलि असार १ गते शुक्रबारको दिन विद्यालय व्यवस्थापन समिति गठन हुने जानकारी प्राप्त भएको छ।’ उनले भने,‘ विद्यार्थी अभिभावक बाहेक अरु व्यक्तिलाई प्रवेश निषेध गरि सूचना प्राप्त भएको छ । उनले उक्त कार्य अविलम्ब स्थगित हुनुपर्ने माग समेत राखेका छन् ।

यता, विद्यालयका प्रधानाध्यापक हरिप्रसाद पराजुलीले आज अर्थात शुक्रबार अभिभावक भेला मात्रै गरिएको बताए । उनले समिति गठन प्रक्रिया भने नहुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्