महिला क्रिकेट : वर्षाका कारण रद्द भएसँगै नेपाल समूह चरणबाटै बाहिर

<span class='c1'>महिला क्रिकेट : वर्षाका कारण रद्द</span> <span class='c2'>भएसँगै नेपाल समूह चरणबाटै बाहिर</span>

एसिसी महिला टी-२० इमर्जिङ टिम्स एसिया कपअन्तर्गतको समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ।

सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको नेपालको अन्तिम खेल वर्षाले प्रभावित बनेपछि प्रतियोगिताबाट बाहिरिएको हो।घरेलु टोली हङकङलाई पराजित गरेको खण्डमा नेपालको सेमिफाइनल सम्भावना कायम रहन्थ्यो तर हङकङ र नेपाल बाहिरिएसँगै पाकिस्तान ‘ए’ र भारत ‘ए’ सेमिफाइनल प्रवेश गरेका छन्।

हङकङको मङकङको खेल मैदानमा बिहान ६:४५ बाट सुरु हुनु पर्ने खेल टस समेत हुन नसकी रद्द भयो।

प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग पराजित भएको थियो। बिहीबार भारत ए सँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो।

थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको मौका पाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्