विश्वकै पुरानो टेस्ट क्रिकेट प्रतियोगिताका एसेज सिरिज सुरु, इंग्ल्यान्डद्वारा ३ सय ९३ रनमा पारी घोषणा

<span class='c1'>विश्वकै पुरानो टेस्ट क्रिकेट प्रतियोगिताका एसेज सिरिज सुरु,</span> <span class='c2'>इंग्ल्यान्डद्वारा ३ सय ९३ रनमा पारी घोषणा</span>

विश्वकै पुरानो टेस्ट क्रिकेट प्रतियोगिताका रूपमा रहेको एसेज सिरिज शुक्रबारबाट सुरु भएको छ। पहिलो टेस्टको पहिलो इनिङमा इंग्ल्यान्डले जो रुटको शतकको मद्दतमा ३ सय ९३ रनमा आफ्नो पारी घोषणा गरेको छ।

जवाफमा पहिलो दिननै अस्ट्रेलिया बिना विकेटको क्षतिमा १४ रन बनाएर क्रिजमा रहँदा दिनको खेल सकिएको थियो।

बर्मिङघममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डका लागि जो रुटले अविजित ११८ रनको शतकीय इनिङ खेलेका थिए। त्यस्तै, जोनी ब्यारिस्टोले ७८ रन बनाउँदा ओपनर जाक क्रवेलीले ६१ रन बनाए।

त्यस्तै, ओली पोपले ३१ रन तथा ह्यारी ब्रुकले ३२ रन बनाएका थिए। त्यस्तै, मोइन अलीले १८ रन बनाउँदा स्टुआर्ट ब्रोडले १६ रन बनाए। क्रिजमा जो रुटलाई १७ रनमा अविजित रहँदै ओली रोविनसनले साथ दिएका थिए।

अस्ट्रेलियाका लागि नाथन लियोनले ४ तथा जोन ह्याजलउडले २ विकेट लिएका थिए। क्यामरुन ग्रिन र स्कट बोलान्डको नाममा समान १-१ विकेट रह्यो।

केही दिनअघि मात्र भारतलाइ हराएर विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको अस्ट्रेलियाले पहिलो दिन नै आफ्नो खेल सुरु गरेको थियो। उसका लागि डेभिड वार्नर ८ तथा उस्मान ख्वाजा ४ रनमा अविजित रहँदै १४ रनको अवस्थामा दिनको खेल सकिएको थियो।

पाँच खेलको टेस्ट सिरिजलाई इंग्ल्यान्ड र अस्ट्रेलियाले सर्वाधिक प्रतिष्ठाको विषय बनाउने गरेका छन्। चिरप्रतिद्वन्द्वी मानिने यी दुई देशबीचको एसेज सिरिज विश्वमा सर्वाधिक हेरिने टेस्ट क्रिकेटका रूपमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्