विराटनगर । सबै जातजातीको पोसाकदेखी घरायसी सामाग्री उपलब्ध गराउने उद्धेस्यका साथ ल्याएको ‘ विराट कल्चर हाउस ’ संचालनमा आएको छ ।
विराटनगर ९ स्थित हिमालय रोडमा मंगलबारबाट विधिवत रुपमा एक कार्यक्रम विच संचालनमा ल्याइएको छ । उद्धटान गर्नु अघि लाखे नाच समेत प्रस्तुत गरिएको थियो ।
विराटनगरकी युवा महिला उद्यमी सुप्रिया श्रेष्ठले विराटनगरमा फरक शैलीको आर्कषण डिजाईन सहित बनाईएको कल्चर हाउसको महिला उद्यमी संघ च्याप्टर मोरङकी अध्यक्ष कृति श्रेष्ठ उपाध्ययले रिवन काटेर उद्धघाटन गर्नुभएको थियो ।
विभिन्न जातजातीका लोप हुदै गएका पुराना गरगहना , पोसाक र घरायसी प्रयोजन तथा साजसज्जवटको लागी वस्तुहरु उचित मुल्यमा उपलब्ध हुने ‘विराट कल्चर हाउस’ की संचालिका सुप्रिया श्रेष्ठ रानाले जानकारी दिनुभयो ।
विराटनगरमा नै पहिलो पटक आफ्नो सस्कृति भेषभुषा झल्काउने किसिमका पोसाक तथा गरगहना उपलब्ध गराउने उदेस्यका साथ संचालनमा ल्याएकाले अब बाहिर जानुपर्ने वाध्यताबाट मुक्त हुने कार्यक्रमकी प्रमुख अतिथी महिला उद्यमी कृति श्रेष्ठले बताउनुभयो ।
विराटनगरमा आफ्नो कल्चर जगाउने उदेस्यका साथ ल्याइएको विराट कल्चर हाउसलाई आगामी दिनका लागी श्रेष्ठले शुभकामना दिनुभयो ।
आजबाट संचालनमा ल्याएको कल्चर हाउसमा सामान किन्नेपर्छ भन्ने छैन एक पटक आएर अवलोकन गरी सर सल्लाह दिन समेत संचालिका श्रेष्ठले अनुरोध गरिन ।
उद्घाटनको अवसरमा खरिद गर्ने ग्राहकहरुलाई १० प्रतिसशत सम्म छुटको व्यावस्था समेत गरिएको छ । यता कार्यक्रममा आएका अतिथीजनहरुलाई सिलाम साक्मा र चिन्डो मायाको चिनोको रुपमा विराट कल्चर हाउसले प्रदान गरिएको थियो ।
कल्चर हाउसमा काठको ठेकी, तोङ्गवा, थुन्चे, डालो, नाङलो, पेरेङगो, सिलाम साक्मा, ढाकाका कपडा, नेपाली झण्डा, मादल, मुर्चुङ विनायो, राई लिम्बु, मगर , गुरुङ, नेवार, तामाङ, सेर्पा , राजवंशी लगायत अन्य लोपन्मुख जातजातीका मौलिक पोसाक साथै साज सज्जावटका सामाग्री उपलब्ध हुने ‘विराट कल्चर हाउस’ले जनाएको छ ।