विराटनगर । देखिएको तस्बिर हो विराटनगर ५ स्थित जय नेपाल मार्गको । केहि समय अघि पिच गरिएको सडकको संरचना हेर्दा थाहा हुन्छ की कति कमसल बनाएको हो भनेर । झट्ट हेर्दा साउने भेलले बगाएर भत्काएको जस्तो देखिए पनि ओभर लोड गरेको गाडीले भत्काएको हुन सक्ने अनुमान गरिएको छ ।
विराटनगर महानगरपालीका वडा नम्बर ५ का वडा अध्यक्ष सन्तोष न्यौपानेले कुनै कम्पनीको ओभर लोड गरिएको गाडीले भत्काएको हुन सक्ने दावी गरेका छन् ।
कमजोर सडकमा ओभर लोड गरिएको गाडी प्रवेश गराए कै कारण सडक भत्किएको उनले बताए ।
हामीले सिसि क्यामारा लगायत स्थानीयवासीसँग सोधपुछ गरिरहेका छौँ । ‘सडक भत्किएको १५/२० दिनभयो होला,’ हामी खोजिमा छौँ , अन्तमा भेटिएन भने वडाको बजेटबाटै भए पनि मर्मत गर्ने तयारीमा छौँ ।’
वडावासी र स्थानीयवासीले पटक पटक वडा र नगरपालीकामा समेत जानकारी गराँउदा कसैले पनि चासो नदिएको स्थानीयले बताए । अब बर्खा लाग्नै लाग्दा नालामा पानी जम्ने सम्भावना हुन्छ । जसले गर्दा घरभित्र पानी जाने हुनाले जतिसक्दो सम्बन्धीत निकायले ध्यान दिएर मर्मत गर्नुपर्ने स्थानीयको माग छ । आफु सधै सोही बाटो हिड्दा समस्या हुने सुरन्जन लिम्बुले बताए । यसमा सम्बन्धीत वडा चासोदिनुपर्ने हो उनले भने । हुन अब बर्खाको समय आई पनि सक्यो । यस्ता अधुरा र अपुरा भत्किएका नालाहरु बेलैमा मर्मत सम्भार गर्नुपर्ने देखिन्छ ।