विराटनगरदेखि काठमाडौँको हवाई भाडा घट्यो

<span class='c1'>विराटनगरदेखि काठमाडौँको हवाई</span> <span class='c2'>भाडा घट्यो</span>

विराटनगर । नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले बुधबार हवाई यात्राको भाडा घटाएको हो ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार विराटनगरदेखि काठमाडौँको हवाई भाडा रु दुई सय ४० ले घटेको छ ।

सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा रु पाँच सय ४० ले घटेको छ भने सबैभन्दा कम काठमाडौँ–सिमराको भाडा रु ९० ले घटेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

यसैगरी काठमाडौँ–भद्रपुरको रु तीन सय, काठमाडौँ–विराटनगरको रु दुई सय ४०, काठमाडौँ–धनगढीको रु चार सय ४५, काठमाडौँ–नेपालगञ्जको रु तीन सय २५, काठमाडौँ–भैरहवाको रु दुई सय १० र काठमाडौँ–सुर्खेतको भाडा रु तीन सय ४५ ले घटेको छ ।

मङ्गलबार नेपाल आयल निगमले हवाई इन्धनको भाउ प्रतिलिटर रु १० ले कम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्