विराटनगर । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदै छ । विराटनगरमा पनि पार्टीले चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।
कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीको बिशेष उपस्थितिमा विराटनगरको बरगाछीस्थित होटेल मनास्लु इनमा चियापान हुने राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेश संयोजक राजेश तिम्सिनाले जानकारी दिए ।
बिहिबार दिउँसो ३ बजेबाट बिभिन्न सामाजिक, राजनीतिक व्यक्तित्वहरुको उपस्थितिमा उक्त चियापान कार्यक्रम हुन लागेको हो ।
यस्तै, सो अवसरमा रास्वपाले बालाजुस्थित केन्द्रीय कार्यालयमा पनि चियापान कार्यक्रमको आयोजना गरेको छ । पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको जनाइएको छ ।