विराटनगरका तीन उद्योगीले एक अर्ब २५ करोड लगानीमा खोले दाल उद्योग

<span class='c1'>विराटनगरका तीन उद्योगीले एक अर्ब २५</span> <span class='c2'>करोड लगानीमा खोले दाल उद्योग</span>

विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोरमा एक अर्ब २५ करोड रुपिँयाको लगानीमा नयाँ दाल उद्योग स्थापना भएको छ ।

विराटनगरका तीन उद्योगी अविनाश बोहरा, पवन अग्रवाल र लोकमान्य गोल्छाको संयुक्त लगानीमा मोरङको बुढीगंगा गाउँपालिका ५ मा एभरेष्ट पल्स प्रा.लि. स्थपना गरिएको हो । तीनैजना उद्योगी विराटनगरका भएपनि हाल बोहरा बाहेक दुईजना उद्योगी काठमाण्डौं बेस बनाउँदै आएका छन् ।

यो उद्योगले दाल उत्पादन गर्नेछ । नेपालमा दाल उत्पादन गर्ने यो सबैभन्दा ठूलो उद्योग भएको दावी छ । उद्योगका निर्देशक सगुन बोहराका अनुसार एभरेष्टले वेस्टर्न गोल्ड र भान्साघर ब्राण्डमा सोमबारदेखि उत्पादन सुरु गरेर नेपालभर वितरण गर्ने लक्ष्य राखेको छ । उद्योगको औपचारिक उत्पादन उद्घाटन सोमबार नै हुनेछ । यस अगाडी परीक्षण उत्पादन गरिसकिएको छ ।

निर्देशक बोहराका अनुसार मसुरो, रहर, चना, मास र मुग दाल एकिकृत रुपमा उत्पादन गरिनेछ । जसलाई आवश्यकताका अनुसारको घरासयी र होटल प्याकेजिङ्ग गरिनेछ । बोहराका अनुसार आकर्षक रुपमा १, २, ५, १५, २५ केजीको प्याकेजिङ्गमा दाल बजार पठाईने छ ।
दैनिक १२५ टन उत्पादन क्षमता रहेको उद्योगले वार्षिक ४० हजार टन दाल उत्पादन गर्ने क्षमता राख्नेछ । बजारको माग अनुसार उद्योग क्षमता अनुसार सञ्चालन गरिने छ । दालका लागि कच्चा अष्ट्रेलिया, क्यानडा, बर्मा र साउथ अफ्रिकाबाट आयात गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्