विराटनगर । विराटनगर १४ रहेको एस्पायर कलेजमा एक दिने तनाव व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
युवा वर्गहरुमा तनाव व्यवस्थापन अहिलेको मुख्य आवश्यकता रहेकाले यसैलाई मध्यनजर गर्दै कलेजले आफ्ना विद्यार्थी तथा शिक्षकका लागि तनाव व्यवस्थापन तालिम आयोजना गरेको एस्पायर कलेजले जनाएको छ।
उक्त तालिममा ५२ जना विद्यार्थी तथा १३ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।
विगत लामो समयदेखि यहि क्षेत्रमा काम गर्नु भएका अनुसन्धानकर्ता मोटिभेसनल स्पिकर ,स्कुल अफ ह्यापिनेसका संस्थापक हरि सिटौलाले सहजीकरण गरेका थिए।
कार्यक्रममा विद्यार्थीहरुले वर्तमान समयमा एकदमै चुनौतीपूर्ण रहेको समय व्यवस्थापन , असल बानीको विकास, स्वस्थ तथा तनाव रहित जीवन शैली , सुखी जिवनका लागि सकारात्मक सोच आदि बिषयमा उत्प्रेरणामुलक भनाइहरु राख्दै कार्यशाला सम्पन्न भएको हो।
कार्यक्रममा कलेजका प्रमुख चिन्तामणि बस्नेतले युवा अवस्थामा विद्यार्थीहरुलाई आइ पर्ने तनाव रहित जीवन जिउनका जीवन उपयोगी सीपसग समबन्धित तालिमहरु कलेजले निरन्तर उपलब्ध गराउने र शिक्षण सिकाई बाहेकका अन्य गतिविधीलाई पनिसगै लिएर गएकाले छोटो अवधीमा नै कलेजले आम समुदायमा सकारात्मक छाप छाड्न सफल रहेको बताए।
काठमाडौँ विश्वविद्यालयको साझेदारीमा संचालित एस्पयार कलेजमा होटल म्यानेजमेन्ट र बिटेकएड आइटिका कक्षाहरु संचालनमा छन्। साथै नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया समेत खुला गरिएको कलेजले जनाएको छ ।