विराटनगर । कोशी अस्पताल विराटनगरको जनरल बेड निःशुल्क गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सङ्घीय सरकार मातहत रहेको कोशी अस्पतालका ३३० जनरल बेड सर्वसाधारणका लागि निःशुल्क गरिएको घोषणा गरेका हुन् ।
कोशी अस्पतालको मंगबलार मन्त्री बस्नेतले निरीक्षण गरेका थिए । उनले कोशी अस्पतालले विपन्नका लागि जनरल बेड निःशुल्क गरिएको जानकारी दिए । यसअघि प्रतिबेड १०० रुपैयाँ शुल्क लिने गरिएको थियो । अबदेखि कोही पनि बिरामीले बेडका लागि पैसा तिर्नुनपर्ने भएको छ ।
यसअघि वीर अस्पतालको ७ सय बेड निःशुल्क गर्ने निर्णय भएको छ । बेड निःशुल्क गर्दा अस्पताललाई आम्दानी रकम सरकार र आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने मन्त्री बस्नेतले बताए ।
मन्त्रीले निर्देशन दिएपछि जनरल बेडमा भर्ना भएका बिरामीको मङ्गलवार देखी शुल्क नलाग्ने कोशी अस्पतालका मेसु डा. रविराज सिंहले जानकारी दिएका छन् ।
जनरल बेड निःशुल्क भए पनि आइसियु र क्यानको शुल्क भने लाग्नेछ । कोशी अस्पताल ३५० शय्याको अस्पताल हो ।