मोरङका कृषकहरु एसआरआई प्रविधिबाट धान लगाउदै

<span class='c1'>मोरङका कृषकहरु एसआरआई</span> <span class='c2'>प्रविधिबाट धान लगाउदै</span>

सधैंको वर्षभन्दा यसपटक मोरङका कृषकहरुलाई बेग्लै चटारो छ । बृहत धान उत्पादन कार्यक्रम अन्तर्गत एसआरआई प्रविधिबाट चैतेधान लगाएका कृषकहरु यसपटक बर्खेधानसमेत यसै प्रविधिबाट लगाउनमा व्यस्त छन् । एसआरआई प्रविधिबाट चैतेधान लगाएका मोरङका कृषकहरुले बर्खेधानमा पनि यही प्रविधि अपानाएका हुन् । मेहेनत गर्नुपरे पनि राम्रो उत्पादन भएपछि जिल्लाका कृषकहरु यस प्रविधितर्फ आकर्षित भएका हुन् ।
मोरङको सिजुवा कादुपाडाका कृषक वीरबहादुर कट्वालले चैतेधान एसआरआई प्रविधिबाट लगाउनुभएको थियो । सधैंको वर्षभन्दा चैतेधानमा दोब्बर उत्पादन भए पनि यसवर्षको बर्खेधान पनि यही प्रविधिबाट रोप्ने तयारी गरेको उहाँले बताउनुभयो ।
त्यस्तै सिजुवाकै सुनिता पौडेलले पनि बर्खेधानसमेत धमाधम यसै प्रविधिबाट लगाइरहनुभएको छ । पहिलोपटक चैतेधानमा यो प्रविधि अपनाउनुभएकी उहाँले सधैंभन्दा राम्रो उब्जनी भएकाले बर्खेधान पनि यसै प्रविधिबाट लगाएको बताउनुभयो ।
जिल्लाको केराबारी, बेलबारी, सुन्दरदुलारी, कोशीहरैचा, सिजुवा, उर्लाबारीलगायतका क्षेत्रका कृषकहरुले बर्खेधानमा समेत एसआरआई प्रविधिको प्रयोग गरेको बेलबारी कृषि सेवा केन्द्रका प्राविधिक सुरज सिलवालले बताउनुभयो । उहाले भन्नुभयो, ‘यस क्षेत्रमा ८० बिघा क्षेत्रफलमा एसआरआई प्रविधिबाट चैतेधान लगाइएको थियो उत्पादन राम्रो भएको देखेर यहाका अन्य कृषकहरुपनिले बर्खे धानमा यो प्रविधि अपनाएका छन् । ’
उहाका अनुसार बेलबारी कृषि सेवा केन्द्रअन्तर्गतका केराबारी, बेलबारी, सुन्दरदुलारी, कोशी हरैचामा मात्रै एक सय २१ हेक्टरमा एसआरआइ प्रविधिबाट धान रोपाइँ भइसकेको छ । सामान्य तरीकाले लगाइएको चैतेधानबाट प्रति कठ्ठा चार मन उत्पादन हुदै आएकोमा यो प्रविधिबाट लगाइएको धानमा यस वर्ष ६ देखि ८ मन सम्म उत्पादन भएको कार्यालयले जनाएको छ ।
जिल्ला कृषि विकास कार्यालयले चैतेधानमा सञ्चालन गरेको बृहत धान उत्पादन कार्यक्रममा सहभागी भएका कृषकहरुलाई अनुदानमा धान गोड्ने मेसिन र पावर ट्रेलर उपलब्ध गराएपछि कृषकहरुलाई खेती गर्न थप सहज भएको छ । तर अझैपनि जिल्लाका विभिन्न क्षेत्रका कृषकहरुलाइ यस प्रविधिको विषयमा जानकारी छैन् । धान उत्पादनमा जिल्लालाइ आत्म निर्भर बनाउन जिल्लाका प्रत्येक कृषकहरुलाइ यस प्रविधिको विषयमा जानकारी गराउन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्