विराटनगरको पोखरिया मावीमा अनलाइन दुर्व्यवहार सम्बन्धी सचेतना कार्यक्रम

<span class='c1'>विराटनगरको पोखरिया मावीमा अनलाइन</span> <span class='c2'>दुर्व्यवहार सम्बन्धी सचेतना कार्यक्रम</span>

विराटनगर । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेशन्शले शुक्रबार श्री पोखरिया माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई अनलाइन दुर्व्यवहारको बारेमा सचेतना मुलक कार्यक्रम गरेको छ।

डिजिटल सुरक्षा शिक्षाबाट सुरु हुन्छ भन्ने मान्यताका साथ वर्ल्डलिङ्कले वर्ल्डलिङ्क इन्टरनेट एकेडेमी (डब्लु आए ए ) ट्याकलिङ डिजिटल ह्यासमेन्ट प्रोजेक्ट अन्तर्गत नेपालका सातै प्रदेशका विभिन्न सामुदायिक विद्यालयमा उक्त कार्यक्रम गर्दै आएको छ।

डिजिटल उत्पीडन अर्थात डिजिटल हर्यास्मेण्ट जसलाई अनलाइन हर्यास्मेण्ट( उत्पीडन) वा साइबर हर्यास्मेण्ट(उत्पीडन) पनि भनेर बुझिने र डिजिटल प्लेटफर्महरू मार्फत गरिने दुर्व्यवहारका विभिन्न रूपहरू जस्तै: साइबरबुलिङ, अनलाइन स्टकिङ, डक्सिङ, रिभेन्ज पोर्न, ट्रोलिङ, घृणायुक्त शब्दहरु, र अनलाइन गेमिङमा हुने उत्पीडनहरुको जानकारी यस्ता दुर्व्यवहार बाट हुने हानि र सुरक्षित रहने उपायको बारेमा सचेतना कार्यक्रम गरिएको वर्ल्डलिङ्कले जनाएको छ।

 

उक्त सचेतना कार्यक्रममा कक्षा ८ , ९ र १० का छात्र छात्राहरुको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्