विराटनगरको जागृति वृद्ध आश्रममा अभिनन्दन कार्यक्रम

<span class='c1'>विराटनगरको जागृति वृद्ध</span> <span class='c2'>आश्रममा अभिनन्दन कार्यक्रम</span>

विराटनगर । छिटो मीठो अनलाइन डेलिभरी सर्भिसले वृद्ध आश्रममा अभिनन्दन कार्यक्रम आयोजना गरेको छ।

दहि चिउरा खाने दिनको अवसरमा विराटनगर-१ पुष्पलाल चोकस्थित जागृति वृद्ध आश्रममा अभिनन्दन कार्यक्रम आयोजना गरेको हो।

अभिनन्दन कार्यक्रममा आश्रमका आमाहरुलाई अभिनन्दन कार्यक्रम गरिनुका साथै खादा/लत्ता कपडा वितरण गरिएको छिटो मीठो अनलाइन डेलिभरी सर्भिसका संचालक विपिन प्याकुरेल जानकारी दिए।

उक्त कार्यक्रम पश्चात रात्री भोजको आयोजना समेत गरिएको संचालक प्याकुरेलले बताए।

कार्यक्रममा विराटनगर महानगरपालीका-१ का वडा अध्यक्ष काजी बहादुर बस्नेत, कोशी प्रदेशका संसद भीम पराजुली लगायतको सहभागीता रहेको थियो।

संचालक प्याकुरेलकी हजुरआमा छलमाया प्याकुरेलले वृद्ध आमाहरुलाई अभिनन्दन गराउनुको साथै खादा र लत्ता कपडा वितरण गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्