विराटनगरको मेरिल्याण्ड कलेजलाई फोकस नेपालद्धारा शिक्षा सेवा सम्मान

<span class='c1'>विराटनगरको मेरिल्याण्ड कलेजलाई फोकस</span> <span class='c2'>नेपालद्धारा शिक्षा सेवा सम्मान</span>

विराटनगर । विराटनगर रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेजलाई फोकस नेपालले शिक्षा सेवा सम्मान गरेको छ ।

कलेजले शिक्षाक्षेत्रमा उत्कृष्ट हासिल गरेको भन्दै शनिबार काठमाडौँमा भएको एक कार्यक्रम विच कलेजलाई सम्मान गरेको हो ।

देशभरिका उत्कृष्ट मावीलाई हरेक वर्ष फोकस र नेपाल सरकारले शिक्षा सेवामा राम्रो काम गरेको भन्दै सम्मान गर्दै आएको छ । मेरिल्याण्ड व्यवस्थापन शिक्षामा पूर्व तथा देश कै एक अग्रणी शैक्षिक सस्था भएकोले पुरस्कार प्रदान गरिएको आयोजक सस्थाका राज्य चन्द्र पोखरेलले जानकारी दिए ।
मेरिल्याण्ड कलेजका डाईरेक्टर तथा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले सम्मानपत्र ग्रहण गरेका थिए ।

सम्मान पत्र पूर्वमन्त्री अर्जुन नरसिंह केसीले हस्तान्त्रण गरेका थिए । गतवर्ष कक्षा १२ को परिक्षामा नेपालमै सर्वाधिक ३.९६ जीपीए ल्याई दिया अग्रवाल नेपाल प्रथम भएकी थिइन् । मेरिल्याण्ड कलेज विराटनगरको एक व्यवस्थापन मात्र पढाई हुने एक उत्कृष्ट शैशिक संस्था मानिदै आएको छ ।

कलेजमा अध्ययन गरेका विद्यार्थीहरु बिभिन्न बैंक, सरकारी कार्यालय, मिडिया, कर्पोरेट सेक्टरका साथै अधिकांस उद्यामी बनेर अन्यलाई समेत रोजगारी दिदै आएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए । कलेजले बिद्यार्थीहरुलाई किताबी ज्ञान मात्रै प्रदान नगरी अन्य बिभिन्न क्रियाकलापमा समेत सामेल गराउदै आएको ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्