गोल्डेन अस्पतालको सुनसरी भोक्राहामा नि:शुल्क स्वास्थ्य शिविर

<span class='c1'>गोल्डेन अस्पतालको सुनसरी भोक्राहामा</span> <span class='c2'>नि:शुल्क स्वास्थ्य शिविर</span>

विराटनगर । विराटनगरको रंगेली रोडमा रहेको गोल्डेल अस्पतालले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सुनसरीको भोक्राहा नर्सिङ्ग गाँउपालिका वडा न. ५ को नयाँ भवनमा शनिबार १ दिने नि:शुल्क स्वास्थ्य शिविर गरेको हो ।


स्वास्थ्य शिविरमा गोल्डेन अस्पतालका वरिष्ठ फिजिसियन डा. श्याम कुमार रौनियार ,वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.अजय महतो, स्त्री रोग विशेषज्ञ डा. प्रकृती आर्चाय , बाल रोग विशेषज्ञ डा. संतोष यादव लगायत अन्य स्वास्थ्यकर्मीहरुले विरामीहरुको नि:शुल्क स्वास्थ्य चेकजाँच गरेका थिए ।


स्वास्थ्य शिविरमा ५ सय भन्दा बढी वडावासीको नि:शुल्क स्वास्थ्य चेकजाँच गरी आवश्यक पर्नेहरुलाई औषधी समेत वितरण गरिएको गोल्डेल अस्पातलका मार्केटिङ मेनेजर राजन शर्माले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्