विराटनगरमा नागरिकता सिफारिस :प्रक्रिया छेक्न भनसुन दवाव

<span class='c1'>विराटनगरमा नागरिकता सिफारिस :प्रक्रिया</span> <span class='c2'>छेक्न भनसुन दवाव</span>

सुजता लिम्बु
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नागरिकताको विषयमा सिफारिस, भनसुन र दवाव दिन कोही पनि नआउन कृपया अनुरोध गरिन्छ । साथै, प्रक्रिया पुगेकालाई हामीले दिएको समय भित्र गर्नेनै छौँ ।’

पछिल्लो समय जिल्ला प्रशासन कार्यालय मोरङले जन्मसिद्धका सन्तानलाई बंशजको नागरिकता वितरण गर्न थालेसँगै वडामा सिफारिस लिन आउनेको लर्को छ । यसमा पनि कतिपय भनसुनको आधारमा आउने गरेका छन् । जसले जनप्रतिनिधिलाई डरमर्दो स्थिति बनाएको छ ।
एउटा जनप्रतिनिधिको सामान्य त्रुटीले आफैलाई अप्ठयारो पर्ने हुँदा नागरिकता सिफारिसले धेरैलाई असजिलो पारिरहेको छ । वंशजको नागरिकता प्राप्त गर्न वडाबाट सिफारिस लिनुपर्छ । बसाइँ सरी आएको हकमा बसाइँसराइ दर्ता प्रमाणपत्र, स्थानीय बसोबास प्रमाणित पारिवारिक विवरण, बाबु र आमाको सक्कल नागरिकता र सोको प्रतिलिपि, सक्कल जन्मदर्ता, शैक्षिक योग्यताको प्रमाणपत्र र नाबालक परिचयपत्र, बाबुआमा र सन्तानबीचको फोटोसहितको सक्कल नाता प्रमाणित, २०६३ सालको टोलीमा नाबालक दर्ता गराएको भए सोको निस्सा, बाबु र आमाबीचको विवाह दर्ता प्रमाणितपत्र–मतदाता परिचयपत्र, बाबुआमाको मृत्यु भइसकेको भए मृत्यु दर्ता प्रमाणपत्र, कुनै उद्योग, पेसा वा व्यवसाय गरी बसेको भए सोको प्रमाण, जग्गाधनी प्रमाणपुर्जा वा स्थायी बसोबास सिफारिस वा व्यवसाय दर्ता प्रमाणपत्र, स्वघोषणा र अन्य प्रचलित ऐन–कानुनबमोजिमका कागजात अनिवार्य आवश्यक पर्दछ ।

यदि कागजात र आवश्यक प्रमाणको रित नपुगेको अवस्थामा वडाले सिफारिस गरेमा त्यसको दोषी जनप्रतिनिधि र वडाका सचिवलाई लाग्नेछ । वडाको सम्पूर्ण सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले नागरिकता जारी गर्दछ । कागजातहरु माग बमोजिमका दुवै निकायमा आवश्यक पर्दछ । यस्तो अवस्थामा कतिपयले प्रक्रिया पूरा नगरी आउने र सोर्स लगाउने वा भनसुन गराउने काम भईरहेको घटनाले जनप्रतिनिधि झस्कने गरेका छन् ।

वडा अध्यक्ष न्यौपानेका अनुसार प्रक्रिया पुगेकालाई सहज वातावरणमा सिफारिस हुने गरेको छ । ‘जो पक्रिया नपु¥याइ आउँछन् उनीहरुलाई छानविन गरेर सम्झाएर पठाउने गरेका छौँ,’ उनले भने,‘ जो नागकिता दिनका लागि जिल्ला प्रशासन कार्यालय मोरङले तोके बमोजिमका कागजात पुगेको हुँदैन उनीहरु नै भनसुन र ठूलो स्वर गरेर आउने गर्छन् ।’ यस्तो मानिदैन तर, सम्झाई बुझाई गरेर पठाउने गरेका छाँै ।’ नागरिकता वितरण गर्दै रोक्दै गर्ने भएकाले पनि पछिल्लो समय नागरिकता पाउनेको भिड बढ्दो हुने गरेको उनको भनाई थियो । जसको व्यवस्थापनका लागि सबै कर्मचारीले समन्वयकारी भूमिका निर्वाह गर्दै आइरहेको उनले बताए ।

विराटनगर महानगरपालिका वडा नम्बरु १ का वडाध्यक्ष काजी बहादुर बस्नेतले जिल्ला प्रशासन कार्यालयले तोकेको काजगपत्र अनुसार नै सिफारिस दिने गरेको जानकारी दिए । सुक्ष्म तरिकाले छानविन गरेर सिफारिस दिने गरेको बताउदै उनले प्रक्रिया पुगेका लाई नागरिकता दिनुपर्छ भन्नेमा आफूहरु सर्तक रहेको बताए । ‘राम्रो सँग छानविन गरेर सिफारिस दिएर पठएका छौँ, भनसुनको आधारमा हुँदैन प्रक्रिया पुग्नुपर्ने हुन्छ ।’ उनले भने, हामी यो विषयमा सतर्क छौँ र जिल्ला प्रशासन कार्यालय पनि सर्तक नै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्