उघ्रिएको विराटनगरमा, सुध्रिएको ट्राफिक व्यवस्थापन

<span class='c1'>उघ्रिएको विराटनगरमा, सुध्रिएको</span> <span class='c2'>ट्राफिक व्यवस्थापन</span>

विराटनगर । स्थानीय तहले ट्राफिक व्यवस्थापनलाई चुनौतीको रुमपा लिएका कारण यतिबेला विराटनगर उघ्रिएको अवस्थामा देखिन थालेको छ । विराटनगर महानगरपालिकाले सडक नो–पार्किङ्ग जोन घोषणा गरेर सुधार थालेका कारण जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई सवारी व्यवस्थापनको काममा सहज भएको हो ।

ट्राफिक सप्ताहमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले अघिल्ला वर्षको भन्दा केहि फरक किसिमको कार्यक्रमहरु राखेको छ । पार्किङस्थल तोकेर सडक खाली गराइएपछि सवारी आवागमन व्यवस्थापनमा सहज महसुश गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुनिलकुमार श्रेष्ठले महानगरपालिकाले ११ स्थानलाई नो–पार्किङ क्षेत्रको रुपमा घोषणा गरेको जानकारी दिएका छन् । उनले सार्वजानिक पार्किङ सुविधाले सडकको जामलाई न्यूनीकरण गरेको बताए ।

विराटनगरमा सडक नो–पार्किङ क्षेत्रका कारण धेरै सहजता भएको दावी छ । प्रदेश राजधानी समेत भएका कारण यहाँ वर्षेनी बढ्दै गएको जनघनत्व र सवारी चापलाई व्यवस्थापनमा केहि राहत हुने बुझाई छ । विराटनगवरमा संसारी माईस्थानदेखि जलजला चौक, महावीर रोडदेखि हस्पिटल चौक, जिल्ला प्रशासन कार्यालयदेखि हस्पिटल चौक, ट्राफिक चौक पेरीफेरी हिमालय रोड र कलेज रोडमा पार्किङ निषेध गरिएको छ । यी क्षेत्रमा पार्किङ निषेध गर्दा विराटनगर भित्रको ट्राफिक व्यवस्थापनमा आधा समस्या हल भएको ट्राफिक प्रहरी प्रमुख श्रेष्ठको भनाई छ ।
ट्राफिक प्रमुख श्रेष्ठका अनुसार अब जलजलाचौकदेखि सेन्ट्रल मलसम्मको क्षेत्रको सडक खाली गराउन जरुरी देखिएको छ । स्थानीय तहले पहल लिनसक्दा पार्किङस्थलको उपलब्धता हुनसक्ने संभावना रहेको छ । हाईवे खाली गराउन मुख्य चुनौती देखिएपनि वान साइड पार्किङ सुविधाबाट समाधान खोजिदैं आएको छ । तर, स्थायी किसिमको पार्किङस्थलको उपलब्धताले हाईवे मापदण्ड कार्यान्वयन गराउन सहज हुने भनाई छ ।

आवश्यक जनशक्ति नहुँदा धौ–धौमा पर्दै आएको ट्राफिकलाई सार्वजानिक पार्किङस्थलको अवधारणाले धेरै राहत दिएको छ । विराटनगरमा अहिले ३६ जना ट्राफिक प्रहरी रहेका छन् । प्रदेश राजधानी समेत भएका कारण कम्तिमा ५० जना ट्राफिक प्रहरी जरुरी रहेको बताइन्छ । जिल्लामा हाल १११ जना जनशक्तिले काम गरिरहेको छ ।

थोरै जनशक्ति हुँदा नो पार्किङ क्षेत्रमा सवारी रोक्नेलाई कारवाही गर्न असहज हुँदै आएको छ । यसरी नियम उल्लंघन गर्ने सवारीका ह्विललक गर्ने टोलि तत्काल पुग्न सकेको छैन । यसका लागि नयाँ व्यवस्थापन गर्ने तयारी गरिरहेको दावी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्