विराटनगरमा नागरिकता पाएपछि सपना पछ्याउनेहरुको कथा……..

<span class='c1'>विराटनगरमा नागरिकता पाएपछि</span> <span class='c2'>सपना पछ्याउनेहरुको कथा……..</span>

सुजता लिम्बू
विराटनगर । मोरङ कटहरी वडा नम्बर १ का अजय पोदारको अनुहारमा खुशीको बेग्लै चमक देखिन्छ । पाँच वर्ष नागरिकता पाउने आशमा बिताएका उनले २३ वर्षको उमेरमा नेपाली हुँ भन्ने गर्व पोख्ने अवसर पाए । नागरिकता नहुँदा समाज, आफन्तले गर्ने फरक व्यवहारले आजित बनेका अजय नागरिकता पाएसँगै पढाईलाई निरन्तरता दिने सोँच रहेको सुनाउँछन् ।

‘नागरिकता नहुँदा हामीलाई आफ्नै मान्छेले भेदभाव गर्ने गरेको थियो, तँ नेपाली होइन इण्डियन होस भन्दै नराम्रो व्यवहार गर्ने गर्दथ्यो,’ उनले भने,‘ त्यो समय नेपालमा जन्मेर पनि नेपाली हुँ भन्ने अधिकार गुमाए झैँ लाग्थ्यो तर नागरिकता पाएपछि जीवनमा केही गर्छु भन्ने उर्जा जागेर आएको छ ।’

त्यसो त समाज, साथीभाईले मात्रै विभेद गरेका थिएनन् उनलाई रोजगारीको क्रममा पाउने पारिश्रमिकमा समेत एकरुपता थिएन । ‘आइटी पढेको विद्यार्थी हुँ, कतै रोजगारीका लागि जाँदा म सँग नागरिकता नहुँदा संघसंस्थाले पनि तलब भनेजस्ता दिँदैन थियो,’ उनले भने,‘अन्य कर्मचारीलाई भन्दा मलाई तलब दिँदा धेरै विभेद बेहोरेको छु ।’ आफ्नो पढाई अनुसार नागरिकता भने जस्तो पारिश्रमिक नभएपछि आमाको नामबाट पसल सञ्चालनमा ल्याएका उनी अब रोकिएको पढाईलाई पुनः निरन्तरता दिएर नेपालमा केही गर्ने योजना रहेको उनले सुनाए । नागरिकता नहुँदा समयसँगै सरकारी जागिरे बन्ने सपना तुहेको बताउने उनी भन्छन्,‘ नागरिकता पाँए, अब नेपालमै केही गर्ने हो विदेश त जाँदिन ।’

कटहरी–१ का हकिम खान पनि नागरिकता पाएसँगै रोकिएको पढाईलाई निरन्तरता दिने योजना रहेको सुनाउछन् । उनले १२ कक्षासम्मको अध्ययन सकेका छन् । नागरिकता नभएकै कारण उच्च शिक्षा हासिल गर्ने अवसरबाट बञ्चित भएको बताउने उनी पहिलो प्राथमिकतामा पढाई रहेको सुनाए ।

२१ वर्षको उमेरमा नागरिकता पाएपछि एउटा नयाँ जीवन पाए झैँ महसुस भएको उनी सुनाउँछन् । ‘नागरिकता नहुँदा जीवनमा केही गर्छु भन्ने बाटोहरु सबै बन्द भए झैँ लाग्थ्यो’ उनले विगत स्मरण गर्दै सुनाए ।‘अब नागरिकता पाएपछि नयाँ जीवन पाएझैँ लागेको छ पढाईलाई पुरा गर्छ, त्यसपछि सरकारी जागिरको लागि कोशिस गर्छु ।’ नारिकता बिहिन हुँदा उनको पढाईको रफतार मात्रै रोकिएको थिएन आफ्नाले पराईलाई झैँ गर्ने व्यवहारले उनलाई धेरै पीडाबोध हुने गरेको थियो । उनी हाँस्दै भन्छन्,’अब यस्तो सहनुपर्दैन ।’ असार ११ गतेदेखि मोरङमा जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण थालिएको थियो । प्रशासनका अनुसार आमा र बुबा दुवैको नागरिकता भएका जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिइने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्