मोरङको जहदा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा

<span class='c1'>मोरङको जहदा गाउँपालिकालाई पूर्ण</span> <span class='c2'>खोप सुनिश्चित पालिका घोषणा</span>

विराटनगर । मोरङको जहदा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ ।

बिहीबार गाउँपालिकामा भएको एक कार्यक्रमको बीच मोरङको जहदा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

गाउँपालिकाको क्षेत्राधिकार भित्रका सबै बालबालिकाहरूलाई नेपाल सरकारद्वारा तोकिएको १३ प्रकारका खोप गाउँपालिकाका ७ वटै वडाहरूमा लगाइसकिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा पूर्ण खोपको दिगोपनका लागि स्वघोषणापत्रमा हस्ताक्षर समेत गरिएको थियो । गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद शाहको अध्यक्षता भएको कार्यक्रममा जहदा गाउँपालिकाका उपाध्यक्ष हन्ना सोरेन , प्रमुख प्रशासकिय अधिकृत दुर्गा प्रसाद न्यौपाने, स्वास्थ्य शाखा प्रमुख राज कुमार दास गाउँपालिकाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू, स्वास्थ्य चौकी इन्चार्जहरू, सात वटै वडाका महिला स्वास्थ्य स्वंयमसेविकाहरू, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

खोपबाट दिर्घ रोगका साथै साधारण रोगबाट बच्ने भएका कारणले अनिवार्य बालबालिकालाई लगाउन सचेत नागरिकले सहयोग गर्नुपर्ने स्वास्थ्य शाखा प्रमुख राजकुमार दासले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्