विराटनगरको सयपत्री विद्यालयका विद्यार्थीलाई महेश्वरीद्वारा स्टेसनरी प्रदान

<span class='c1'>विराटनगरको सयपत्री विद्यालयका विद्यार्थीलाई</span> <span class='c2'>महेश्वरीद्वारा स्टेसनरी प्रदान</span>

विराटनगर । महेश्वरी महिला मञ्च विराटनगरले महानगरपालिका वडा नंं. १ स्थित सयपत्री आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेसनरी लगायतका सामान वितरण गरेको छ । मञ्चले कुमारी बैंकसितको सहकार्यमा विद्यालयका ७० विद्यार्थीलाई विविध सामग्री वितरण गरेको हो ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विद्यार्थीलाई सामान प्रदान गरेका थिए । कार्यक्रम संयोजक लीला काबराका अनुसार विद्यार्थीलाई स्कुल ब्याग, स्टेसनरीका सामान, पानीको बोतल, जुस र खाजाका सामग्री वितरण गरिएको थियो ।

कार्यक्रममा मेयर कोइराला तथा महेश्वरी महिला मञ्चको विराटनगरका अध्यक्ष पूनम राठी, कुमारी बैंक कोशी प्रदेशका प्रमुख मनीष श्रेष्ठ र वडाध्यक्ष काजी बस्नेतले मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा समाजसेवी चम्पालाल राठी, महेश्वरी समाज विराटनगरका अध्यक्ष आनन्द मारु, मारवाडी महिला मञ्च विराटनगरका अध्यक्ष अमिता पेडिवाल, नेपाल राष्ट्रिय मारवाडी महिला संगठनका पूर्व अध्यक्ष रचना राठी लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्