‘पूर्वाअञ्चल विश्वविद्यालय कलेज अफ ल’का विद्यार्थीहरुद्धारा प्राध्यापक संघ विरुद्ध नाराबाजी

<span class='c1'>‘पूर्वाअञ्चल विश्वविद्यालय कलेज अफ ल’का</span> <span class='c2'>विद्यार्थीहरुद्धारा प्राध्यापक संघ विरुद्ध नाराबाजी</span>

विराटनगर । शिक्षकको दरबन्दीको विषयलाई लिएर 'पूर्वाअञ्चल विश्वविद्यालय कलेज अफ ल' मा अध्ययन गरेका विद्यार्थीहरुले पठनपाठन बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।


पूर्वाअञ्चल विश्वविद्यालय प्राध्यापक संघले गत शुक्रबार शिक्षकको दरबन्दीमा एक रुपता लिनुपर्ने तथा सुचना रद्ध गर्नु पर्ने भन्दै डिनको कार्यकक्षाका तालाबन्दी गरेको थियो । पूर्वाअञ्चल विश्वविद्यालय कला, कानुन तथा शिक्षाशास्त्रका डिन प्रोफेसर डां अनिल कुमार पोखरेललाई करारको विज्ञापनलाई अगाडी नबढान माग गर्दै विज्ञप्ती जारी गर्दै भत्र्सना जारी गरेको थियो ।


प्राध्यापक संघले गरेको तालाबन्दी र शिक्षक करारको कार्यलाई रोक्नुपर्ने माग राखेपछि कलेजमा लामो समयदेखी पढाई रोकिदै आएको थियो । यसैविच आईतबार पूर्वाअञ्चल विश्वविद्यालय कलेज अफ लका विद्यार्थीहरुले प्राध्यापक विरुद्ध चर्को नाराबाजी गर्दै डिनको कार्यकक्षमा धर्ना समेत दिएका थिए ।

विद्यार्थीहरुले प्रध्यापकसंघले गरेको कार्यले गर्दा आफुहरुको पढाई लामो समयदेखी बन्द भएपछि आफुहरु बाध्यभएर आन्दोलनमा उत्रनु परेको विद्यार्थीले बताए । प्राध्यापक संघ र डिनको दोहोरो खिचातानीले गर्दा आफुहरुको पठनपाठन रोकिएको छ यथासिग्र शिक्षक नियुक्ती गरी आफुहरुको पढाई सुचारु हुनुपर्ने विद्यार्थी निष्ठ बस्नेतले बताईन् । यता विश्वविद्यालय कला, कानुन तथा शिक्षाशास्त्रका डिन प्रोफेसर डा.अनिल कुमार पोखरेलले करारका शिक्षकहरुको नियुक्त नरोकिने बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्