कोबास कलेज विराटनगरमा प्रवेश परीक्षा , दुई सय बढिले परीक्षा दिए

<span class='c1'>कोबास कलेज विराटनगरमा प्रवेश परीक्षा ,</span> <span class='c2'>दुई सय बढिले परीक्षा दिए</span>

विराटनगर । विराटनगरको कोबास कलेजमा कक्षा ११ को लागि पहिलो प्रवेश परीक्षा सम्पन्न भएको छ ।

कलेजमा आइतबार भएको परीक्षामा बिज्ञान, व्यवस्थापन, होटेल म्यानेजमेन्टमा विद्ययार्थीहरुले परिक्षा दिएका थिए ।

कोबास कलेज नयाँ व्यवस्थापनमा सञ्चालन भईरहेको छ । कलेजले विभिन्न छात्रवृति समेत प्रदान गर्ने जनाएको छ । कलेजको दोश्रो प्रवेश परीक्षा असार २६ गते १० बजे हुने जनाएको छ ।

कलेजले न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा दिदै आएको छ । कक्षा ११ बाटै बिभिन्न तालिमका अवसरहरु बिद्यार्थीहरुलाई प्रदान गरेर बिद्यार्थीको क्षमता अभिवृद्धिका लागि कलेजले शिक्षा दिदै आएको छ । कलेजमा पुर्णकालिन तथा अनुभवी शिक्षकको व्यवस्थाले कलेजमा गुणस्तरिय शिक्षा दिन सफल भएको कलेजको भनाइ छ ।

यसबर्ष बिद्यार्थीहरुको रोजाईमा कलेज पर्न सफल भएको कलेजको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्