झ्याप्प जाने–आउने बिद्युतसँग विराटनगरका उद्योगी हैरानीमा

<span class='c1'>झ्याप्प जाने–आउने बिद्युतसँग</span> <span class='c2'>विराटनगरका उद्योगी हैरानीमा</span>

विराटनगर । मोरङ र सुनसरीका उद्योगमा ट्रिपिङले हैरान पारेको गुनासो छ । असार लागेपछि पनि उद्योगमा बिना सूचना पटकपटक लाइन कट्ने गरेपछि समस्यामा परेको उद्योगीहरुले गुनासो गरेका छन् ।

बिना सुचना लाइन जाने–आउने, जाने–आउने भईरहने गरेको छ । उद्योगमा झ्वाट्टै लाइन जाने र आइहाल्ने, फेरि केही छिनपछि अकस्मात् जाने र आउने गर्दा उत्पादनप्रक्रियामा असर पर्दछ । उद्योग संगठन मोरंगले असार १ देखि १६ गते सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा भएको विद्युत् ट्रिपिङको तथ्यांकसहित प्राधिकरणलाई समस्या समाधानका लागि आग्रह गरेको छ । कटहरी गाउँपालिकाको जुडीस्थित औद्योगिक फिडरमा १६ दिनमा २७ पटक ट्रिपिङ भएको छ । कुल २७ पटक ट्रिपिङ हुँदा ४० घण्टा ४९ मिनेट लाइन गएको छ ।

त्यस्तै विराटनगरको रानीस्थित ११ केभी क्षमताको औद्योगिक फिडरमा १६ दिनमा ६२ पटक ट्रिपिङ भएको उद्योग संगठन मोरङका महानिर्देशक चुडामणी भट्टराईले बताए । कुल ६२ पटकको ट्रिपिङमा ३९ घण्टा ३३ मिनेट विद्युत् आपूर्ति बन्द भएको छ । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको ११ केभीको औद्योगिक टंकी फिडरमा २३ पटक ट्रिपिङ भएको छ र ४५ घण्टा १७ मिनेट लाइन गएको छ । सुनसरीको दुहबीस्थित ३३ केभी क्षमताको औद्योगिक फिडरमा १८ पटक ट्रिपिङ भई १३ घण्टा लाइन गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्