इच्छालाई शिक्षासँग जोड्दै विराटनगरको लर्ड बुद्ध मावि

<span class='c1'>इच्छालाई शिक्षासँग जोड्दै विराटनगरको</span> <span class='c2'>लर्ड बुद्ध मावि</span>

विराटनगर । विराटनगर-१० स्थित न्युरो कार्डियो मल्टी स्पेसियालिटि हस्पिटलको व्यवस्थापन तथा शिक्षा र स्वास्थ्य सँगसँगै भन्ने नाराका साथ सञ्चालित लर्ड बुद्ध मा. वि. विद्यार्थी र अभिभावको पहिलो रोजाइमा पर्दै आएको छ ।

सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण, प्रविधिमैत्री कक्षा कोठा, दक्ष तथा अनुभवी प्राध्यापक, शिक्षक,शिक्षिका र संस्कार सहितको शिक्षा उक्त विद्यालयका मुख्य आकर्षण हुन् ।

लर्ड बुद्ध मा. वि.मा हरेक विद्यार्थीको इच्छालाई शिक्षासँग जोड्दै उनीहरू भित्रको प्रतिभाको खोजी गरी दक्ष तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण प्रदान गराउदै आएको लर्ड बुद्ध मा. वि. ले जनाएको छ ।

विद्यालयमा हरेक हप्ता अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने लर्ड बुद्ध मा. वि.ले जनाएको छ । फराकिला, खुला, सफासुग्घर कक्षाकोठा, हरेक विद्यार्थीका लागि छुटाछुटै टेबल कुर्सीको व्यवस्था गरिएको छ । हरेक कक्षा कोठामा प्रोजेक्टर र स्मार्ट बोर्ड जडान गरिको छ । जस‌का माध्यमबाट विद्यार्थीहरुलाई अडियो, भिडियो र प्रत्यक्ष रूपमा प्रयोगगात्मक विधिबाट अध्ययापन गराईने विद्यालयले जनाएको छ।

विद्यालय भित्र स्टेज अत्याधुनिक विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, होटल म्यानेजम्यान्टका विद्यार्थीहरूका लागि फराकिलो र सुविधा सम्पन्न भान्सा घर र रेपकरेन्टको व्यवस्था गरिएको छ ।

विगत तीन वर्ष देखि लर्ड बुद्ध मा. वि.ले आफ्नो छुट्टै इ एमआइएस (EMIS) एप्लिकेशन प्रयोगमा ल्याएको विद्यालयले जनाएको छ । जसमा विद्यार्थीहरुले लाग इन गरेर घरैमा बसी बसी सम्पूर्ण विषयका शैक्षिक सामाग्री, र नोट प्राप्त गर्दछन् । विद्यालयले विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै बेलाबेलामा स्वास्थ्य शिविर समेत आयोजना गर्ने गरेको छ । लर्ड बुद्धका विद्यार्थी र उनीहरूका अभिभावलाई न्युरो हस्पिटलले विशेष छुटको व्यवस्था रहेको विद्यालयले जनाएको छ ।

लर्ड बुद्धले असल नागरिक र दक्ष जनशक्ति उत्पादनलाई आफ्नो प्रमुख उदेश्यका रूपमा स्थापना काल देखि नै राखेको छ । विद्यालयले विभिन्न वर्षहरुमा विराटनगरमा मात्र नभएर कोशी प्रदेश र नेपालमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको जनाएको छ ।

उक्त विद्यालयमा कक्षा ११ देखि नै मेडिकल, इन्जिनियरिङ्ग र सि.म्याटका तयारी कक्षाहरुको अभ्यास र नि:शुल्क कोचिङ‌को व्यवस्था रहेको विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्