त्रिविको नवीकरण नगरेका कलेजहरुको सूची सार्वजनिक, विराटनगरका पनि केहि सुचीमा

<span class='c1'>त्रिविको नवीकरण नगरेका कलेजहरुको सूची</span> <span class='c2'>सार्वजनिक, विराटनगरका पनि केहि सुचीमा</span>

त्रिभुवन विश्वविद्यालयले सम्बन्धन प्राप्त तर नवीकरण नगरेका क्याम्पस/कलेजहरुको सूची सार्वजनिक गरेको छ ।

त्रिविको उपकुलपतिको कार्यालय, योजना निर्देशनालयले देशभरका १ सय ७५ क्याम्पस÷कलेजहरुको सूची सार्वजनिक गरेको हो । यसअघि त्रिविले गएको पुस २० र चैत २८ मा सम्बन्धन नवीकरण गर्न सूचित गरी नवीकरण नगरे खारेज किन नगर्ने ? भनेर सूचना प्रकाशित गरेको थियो ।

त्यसअनुसार सम्बन्धन नवीकरण नगरेका क्याम्पस÷कलेजको सूची सार्वजनिक गरिएको र त्रिवि सम्बन्धन समितिको निर्णय अनुसार नवीकरण नभएका क्याम्पस/कलेजलाई नियमअनुसार कारबाहीको प्रकृया अगाडि बढाउने सूचनामा उल्लेख छ ।

साथै कुनै क्याम्पस नवीकरण प्रकृयामा भएको भएमा आधिकारिक कागजपत्र र प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ । सुचिमा विराटनगरका कलेजहरु पनि रहेका छन् ।

लिस्ट यस्तो छ (Click गर्नुहोस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्