विराटनगरको नमुना विद्या मन्दिरले प्लस टु संचालन गर्ने

<span class='c1'>विराटनगरको नमुना विद्या मन्दिरले</span> <span class='c2'>प्लस टु संचालन गर्ने</span>

विराटनगर । विराटनगर ८ मधुमारास्थित नमुना विद्या मन्दिरले प्लस टु शिक्षा विस्तार गरेको छ ।

विस २०५० सालमा स्थापित विद्या मन्दिरले शैक्षिक सत्र २०८०-८१ बाट प्लस टु तर्फ व्यवस्थापन(म्यानेजमेन्ट)को कक्षा संचालन गर्ने भएको हो।

विस २०५४ सालदेखि एसएलसी परीक्षामा सम्मिलित भएको विद्या मन्दिरले २०७० सालको एसएलसी परीक्षामा विज्ञानतर्फ शशांक भट्टराई ९८ प्राप्तांग ल्याउदै नेपाल प्रथम भएको नमुना विद्या मन्दिरले जनाएको छ । विराटनगरकै एक स्थापित शैक्षिक प्रतिष्ठानको रुपमा रहन सफल भएको विद्या मन्दिरका विद्यार्थीले एसईइमा ए प्लस जीपीए ल्याई उत्तीर्ण गर्न सफल भएको विद्या मन्दिरले जनाएको छ।

उत्कृष्ट पुर्वाधार, उत्कृष्ट शिक्षण विधिको कारण नै प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल यस नमुना विद्या मन्दिरले पहिलो वर्ष प्लस २ मा व्यवस्थापन(म्यानेजमेन्ट) को पठनपाठन गराउने भएको हो।

विद्यालयभित्र सुविधा सम्पन्न भौतिक संरचना र प्रयाप्त खेल मैदान व्यवस्थित तथा अत्याधुनिक विज्ञान प्रयोगशाला, पुस्तकालयको व्यवस्था गरिएको छ ।

सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण, व्यवस्थित कक्षा कोठा, दक्ष तथा अनुभवी प्राध्यापक, शिक्षक,शिक्षिका र संस्कार सहित पठनपाठन हुने विद्या मन्दिरले जनाएको छ। कम शुल्कमा गुणस्तरीय शिक्षा,स्वच्छ र व्यवस्थित चमेना गृह साथै शैक्षिक अवलोकन भ्रमणको समेत व्यवस्था रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्