विराटनगरको सोम्स कलेजकी विद्यार्थी प्रदेश प्रथम भएको दाबी

<span class='c1'>विराटनगरको सोम्स कलेजकी विद्यार्थी</span> <span class='c2'>प्रदेश प्रथम भएको दाबी</span>

विराटनगर । विराटनगरको सोम्स कलेजले बीबीएस दोस्रो वर्षको परीक्षामा आफ्नो विद्यार्थीले प्रदेश टप गरेको दाबी गरेको छ ।

विराटनगर ९ स्थित सोम्स कलेजले त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षामा छात्रा शारदा श्रेष्ठ प्रदेश प्रथम भएको दाबी गरेको हो । श्रेष्ठले ७०.८ प्रतिशत अंक प्राप्त गरेकी थिइन् ।

सोम्स कलेजले व्यवस्थापन शिक्षामा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका स्नातक तथा प्रोफेशनल डिग्री अध्ययन गराउँदै आएको छ । सोम्स कलेजले सैद्धान्तिक र व्यवस्थापन विषयहरुमा प्रयोगात्मक शिक्षण सिकाइ सञ्चालन गर्दै आएको बताएको छ ।

कलेजको शैक्षिक वातावरण सहयोगी शिक्षक र प्रयोगात्मक सिकाइ क्रियाकलापका कारण आफूले सफलता प्राप्त गरेको छात्रा श्रेष्ठले बताइन् । कलेजले ४ वर्षे बीबीएस, युकेको एसीसीए र प्लस टु मा व्यवस्थापन संकायमा अध्यापन गराउँदै आएको कलेजका संचालक रोशन घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्