विराटनगरको न्यायिक समितिबाट ८८ प्रतिशत उजुरीको फछ्र्यौट

<span class='c1'>विराटनगरको न्यायिक समितिबाट ८८</span> <span class='c2'>प्रतिशत उजुरीको फछ्र्यौट</span>

विराटनगर । विराटनगर महानगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०७९÷०८० मा ८८ प्रतिशत उजुरीको फछ्र्यौट गरेको छ ।
समितिमा दर्ता भएका कुल २३७ उजुरीमध्ये २०९ वटाको फछ्र्यौट गरिएको महानगरकी उपमेयर एवं न्यायिक समिति संयोजक शिल्पा निराला कार्कीले जानकारी दिएकी छिन् ।

न्यायिक समितिमा परेको उजुरीमध्ये ८८ दशमलव १९ प्रतिशत हो । कार्कीका अनुसार सबैभन्दा बढी वडा नम्बर १२ बाट २१ र १८ नम्बरबाट ३ वटा उजुरी दर्ता भएको थियो । साँधसिमानासम्बन्धी ५५, महिला तथा घरेलु हिंसासम्बन्धी २९, श्रीमान–श्रीमती विवादसम्बन्धी २९ उजुरी परेको थियो । त्यस्तै खान लगाउन नदिएको, कुटपिट, दाइजो, लेनदेनसम्बन्धी पनि उजुरी थिए । गत आर्थिक वर्षमा दर्ता भएका उजुरीमध्ये २८ वटा मात्रै फछ्र्यौट हुन बाँकी छ ।

दर्ता भएका मध्ये समितिले ३९ वटा जिल्ला अदालत मोरङमा पठाएको छ । त्यस्तै ४४ वटा मिलापत्र भएको छ । “६ वर्षयताकै सबैभन्दा धेरै उजुरीको निर्णय हामीले गरेका छौं,” उपमेयर कार्कीले भनिन्, “मिलेसम्म मिलापत्र गराउँछौं हामीले धेरै प्रयास गर्दा पनि नमिले अदालत पठाउँछौं ।”
अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा २१० वटा उजुरी दर्ता भएकोमा १७५ वटा उजुरीको निर्णय भएको उपमेयर कार्कीले जानकारी दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्