सम्पर्क पर्खेर बसिरहेछ, विराटनगर–१४ जतुवामा विश्वविद्यालयको संरचना

<span class='c1'>सम्पर्क पर्खेर बसिरहेछ, विराटनगर–१४</span> <span class='c2'>जतुवामा विश्वविद्यालयको संरचना</span>

विराटनगर । विराटनगरका लागि २०४८ सालमा पहिलो साइन्स क्याम्पस खुलेको थियो, विराट साइन्स । विराटनगर–१४ (साविक १८) जतुवामा खुलेको यो क्याम्पस २०७३ सालयता बन्द छ । पढाईका कुनैपनि कार्यक्रम छैनन् । संरचना वर्षेनी कमजोर बन्दैछ ।

निजी गुठीको नग्गामा बनेको सुन्दर संरचना प्रयोगविहीन भएपछि २०७७ भदौमा यसको स्वामित्व मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गरिएको थियो । चालिस करोडको सम्पति विश्वविद्यालयलाई हस्तान्तरण गरिएपछि विराटनगर–१४ जतुवामा विराट साइन्सले जगाएको आसा फर्काउने अपेक्षा स्थानीयको थियो । तर, प्रदेशको पहिलो सरकार शेरधन राई नेतृत्वमा हुँदा सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराट साइन्सको घर तथा जग्गा नै मनमोहन प्राविविद्यालय विश्वविद्यालयको नाममा हस्तान्तरण गराएका थिए । विभिन्न शैक्षिक कार्यक्रम तथा सीपमुलक तालिमका कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको हल्ला चलाइएको थियो । तर, संरचना आफ्नो स्वामित्वमा आएको चारवर्षसम्म पनि औपचारिक रुपमा कुनैपनि शैक्षिक कार्यक्रम भने सञ्चालनमा आएको छैन ।

मनमोहन प्राविधिक विश्वविद्यालयका रजिस्टार डा.दिलनाथ फुँयालले भने कार्यक्रममा हस्तान्तरण गरेको संरचना कानुनी रुपमा विश्वविद्यालयको नाममा आईनसकेको बताएका छन् । उनले संरचनाको वैधता प्राप्त गर्ने, त्यसको मर्मत संभार गर्ने र उपयुक्त शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याउने विषयमा विश्वविद्यालय लागिरहेको बताए । अहिले बिहान र बेलुका अनौपचारिक शिक्षण कक्षाहरु सञ्चालन भईरुहेको जानकारी दिएका छन् । यसैगरी विश्वविद्यालयले सम्पर्क कार्यालयको रुपमा स्थापना गरेर त्यहाँ रोजगार सहायक तहका एकजना कर्मचारीलाई पठाएको छ । तर, त्यस बाहेक अन्य कुनै कार्यक्रम वा तालिम तत्काल सञ्चालन गर्ने गरि पूर्ण उपभोगमा आउने कुरा यकिन भएको छैन ।
प्रदेशका पूर्व मन्त्री जयराम यादवले विश्वविद्यालयले प्राप्त गरेको संरचना प्रयोगमा ल्याउनु राम्रो हुने बताएका छन् ।

साइन्स क्याम्पस बन्द भएपछि पेरीफेरीका स्थानीयले अपनाउँदै आएको व्यापार तथा व्यवसाय उठेको थियो । यदि विश्वविद्यालयले कुनै शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याए जतुवा क्षेत्रमा रोजगारीको अवसर, घर वहालमा लगाउने अवसर समेत सिर्जना हुने अपेक्षा स्थानीयको छ । पूर्व मन्त्री यादवले विश्वविद्यालय स्वायत्त हुने भएकोले प्राप्त् गरेको संरचनामा एउटा मात्रै शैक्षिक कार्यक्रम सञ्चालन गरिदिए त्यसको नतिजा सकारात्मक हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्