लागुऔषधको लत : अपत्यारिलो खाल्डोमा पर्दै युवाको जीवन

<span class='c1'>लागुऔषधको लत : अपत्यारिलो</span> <span class='c2'>खाल्डोमा पर्दै युवाको जीवन</span>

सुजता लिम्बु

विराटनगर । धनकुटाका राजन लिम्बू (नाम परिवर्तन) दिनदिनै परिवारदेखि एक्लिदै जान थालेका थिए । बन्द कोठाभित्र आफू र मोबाइल बाहेक उनले परिवारको सदस्यलाई सम्झन छोडेको तीन वर्ष पुगिसक्या थियो । अन्य समयभन्दा त्यो अवधिभर उनको साथीभाई पनि सिमित हुन थाल्यो ।

उनको स्वभावमा दैनिक परिवर्तन आईरहेको थियो । परिवारले खासै चासो राखेका थिएनन् । ३४ वर्षीय राजनको फेरिएको स्वभाव र जीउदै गरेको जीवनशैलीका विषयमा उनी प्रहरी नियन्त्रणमा परेपछि परिवारले पत्तो पाए्का थिए । अपत्यारिलो तरिकाले लागू औषधको खाल्डोमा आफ्नो उर्जाशिल उमेरलाई फसाउँदै थिए राजन । लागुऔषध सेवनले परिवार, साथीभाई र समाज टाढा होला भन्ने कल्पना नगरेको उनी सुनाउँछन् ।

उनले साथीभाईको संगतले गर्दा लागुऔषध सेवन गर्न सुरु गरेको बताए । ‘साथीभाईहरुले दिन्थे, उनीहरुले सेवन गरेको देख्दा मलाई पनि प्रयोग गर्न मन लाग्यो,’ उनले भने,‘ विस्तारै नसामा डुब्न थाले त्यो समय मलाई परिवार, साथीभाई यो सिंगो समाज कोही चाहिँदैन जस्तै लाग्थ्योे ।’ जब प्रहरीले नियन्त्रणमा लियो, त्यही दिनदेखि यता आफूले गलत कदमको सुरुवात गरेको आभास भएको उनले सुनाए । गलत बाटो अपनाउँदा परिवार त टाढा भए नै धेरै पैसा समेत खर्चिएको बताउँदै उनले आफूलाई लागुऔषधको लत लागेपछि साथमा पैसा नहुँदा घरमा भएको समाग्री विक्री गरेर समेत लत मेटाउने गरेको उनले अनुभव सुनाए । लागुऔषध विरुद्धको कानुनी कार्वाही बेहोरेर थुना मुक्त भएका राजनलाई अब बचेको समय केही राम्रो काममा लगानी गर्ने बताए । ‘झण्डै तीन वर्ष त नसामा डुबे त्यो समय सही के गलत के थाहा हुँदैन थियो, सबैसँग नजिक हुनु मन लाग्दैन थियो आफ्नो लक्ष्य के हो त्यसको पनि खासै चिन्ता लागेन,’ उनले भने,‘ लागुऔषधको लतबाट आफूलाई छुटकारा दिलाउन सबैभन्दा पहिले आफ्नो मनबाट नै तयारी हुनुपर्छ अब प्रायेग गर्दिन भनेर अनि बल्ल छुटकारा मिल्छ नत्र त सुधार केन्द्रमा बस्दा पनि मेरो साथीहरु धेरैले छोड्नुभएको छैन ।’

यता, धरानकी यमुना (नाम परिवर्तन) ले १४ वर्षको उमेर देखि लागुऔषध सेवन गर्न सुरु गरेको सुनाइन् । बुबाआमा दुवैजना रोजगारीको सिलसिलामा परदेशी भएपछि उनी आफन्तको साथमा धरानमै बस्दै आएकी रहेछिन् । दैनिक साथीभाईसँगको जमघटमा रुमलिएको उनी तीनै साथीहरुको दबावमा लागुऔषध सेवन गर्न सुरु गरेको करिब ४ वर्ष पछि आफ्न्तले थाहा पाएर धरानकै एक सुधार गृहमा राखिदिएको उनले सुनाइन् । बुबाआमाले पठाएको पैसाले मनग्य पुग्ने भएकाले साथीहरुको भनाईमा लागेर लागुऔषध सेवन गर्न सुरु गरेको बताउने उनी यतिकै लत बस्दै गएको बताइन् । ‘मेरो बुबाआमा मेरो साथ हुनुहुन्न, उहाँहरु अहिले पनि विदेशमा नै हुनुहुन्छ, उहाँहरुले पैसा पठाउनुहुन्छ तर उहाँहरुको साथ त छैन नि त होइन ?’ धरानको भानु चोकमा भेटिएकी उनले सुनाइन्,‘अहिले आफ्न्तको सहयोग र सुधार गृहको लामो बसाइले म भित्र धेरै परिवर्तन आएको छ, अब मैले मेरो लागि सोँच्नुपर्छ भन्ने लागेको छ ।’

उनी एक महिना मात्रै भएको रहेछ सुधार गृहबाट आफ्नो घर फर्किएको । चार वर्षसम्म जीवनको लक्ष्य र चाहाना नसामा लट्याउदै गर्दा अब उनी भित्र भविष्यमा केही राम्रो गर्ने भन्ने उर्जा, हौसला जागेको छ । यद्यपी गफैगफमा धेरै पटक उनले सन्तानको खुशी खोज्न सन्तानलाई एक्लो बनाएर अभिभावक बाहिरिदै जाँदा सन्तानको खुशी के मा छ ? र को हो ? भन्ने बुझ्न जरुरी रहेको बताउदै आइरहेकी थिइन् । बसाइपछि सुधार केन्द्रबाट फर्किएकी उनी पुनः पढाईलाई निरन्तरता दिने सोँचमा छिन् । अभिभावकको माया र साथबाट टाढा हुँदा पनि सन्तान दिशाविहिन हुनेरहेछ भन्ने उदाहरण यमुना एउटा प्रतिनिधि पात्र हुन भन्दा फरक नपर्दो हो । त्यसो त पछिल्लो समय धेरै श्रृजनशिल युवाहरु लागू पदार्थको कुलतमा डेबेका छन् । लागू औषध विरुद्ध विभिन्न कार्यक्रम नआएका पनि होइनन् । नेपाल प्रहरी, स्थानीय तह साथै विभिन्न सरोकारवाला संघसंस्थाहरुले विविध सचेतना मूलक काकर्यक्रमको आयाजना नगरेका पनि होइनन् तर, पनि लागू औषध ओसार–पसार, विक्रि वितरण साथै सेवनमा भने नियन्त्रण आउन सकेको छैन ।

लागूऔषध मुद्दामा पुरुषको संख्या धेरै
लागू औषध मुद्दामा तथ्याङ्क अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै पुरुष पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय अनुसार लागू औषधको मुद्दामा २३०९ जना पुरुष पक्राउ परेका छन् । भने १५३ जना महिला रहेका छन् । तीन वर्षमा ३ हजार ३०४ जना पक्राउ प्रहरीले पक्राउ गरीसकेका छन् । जसमध्ये एक हजार ७१६ वटा मुद्दा फर्छौट भइसकेको तथ्याङ्कले जनाएको छ ।
तीन वर्षमा कति लागुऔषध बरामद भए ?
कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको तत्थ्याङ्क अनुसार तीन वर्षमा गाँजा ५ हजार ८१५ केजी ४९२ ग्राम ७०० मिलिग्राम बरामद गरिएको छ । ०७७÷०७८ मा १७८९ केजी १११ ग्राम, ०७८/०७९ मा २०२१ केजी ९०१ ग्राम र ०७९/०८० मा ५८१५ केजी ४९२ ग्राम ७०० मि.ग्रा गाँजा बराम गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएका छ । यस्तै चरेश ०७७÷०७८ मा १३ ग्राम ८६० मि. ग्रा. र ०७८/०७९ मा २३ ग्राम १७ मि. ग्रा. बरामद गरिएको छ । ०७९/८० मा भने शुन्य रहेको छ ।
अफिम ०७७/०७८ मा २ केजि , ०७८/७९ मा ११ ग्राम र ०७९/८० मा २७ ग्राम ६८ मि.ग्रा. बरामद भएको छ । यस्तै तीन वर्षको तथ्याङ्कमा ब्राउनसुगर ०७७/०७८ मा ३ केजि ५१६ ग्राम ५६७ मि. ग्रा. , ०७८/०७९ मा २ केजी ४५७ ग्राम १७४ मि. ग्रा ०७९/०८० मा २ केजी ७९ ग्राम ८४९ मि.ग्राम बरामद रहेको छ ।

ग्रामिण क्षेत्रमा पनि बढ्दै लागू औषध
लागू औषध शहरी क्षेत्र हुँदै पहाडी क्षेत्र र पहाडी क्षेत्र हुँदै ग्रामिण क्षेत्रका युवाहरुमा नराम्रो लत बढ्दै गएको पाईको छ ।
विविध सूचनाको आधारमा पनि पहाडी क्षेत्रमा लागू औषधको स्वरुप बढ्दै गएको पाइएको प्रहरीले जनाएको छ ।
त्यस्ता खालका लत बढाउनको कारण साथीभाईको संगत , खुल्ला सिमा नाका, सहज निकासका कारण भएको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले बताए । उनका अनुसार घरायसी समस्या , घरायसी अनमेल अभिभावकले छोराछोरीको विषयमा राम्रो निगरानी नगर्नु पनि लागू औषधको समस्या हो ।

‘लागू औषध प्रयोग गर्नेले आफू अनुसारको साथी खोज्छ र त्यही अनुसार साथी बाउछन्, एकपल्ट लत लागेपछि त्यसको मात्र बढ्दै जान्छ त्यसको मात्रा बढ्दै जाँदा महँगो पर्छ रकमको आवश्यकता पछ’ उनले भने,‘ त्यो रकमको लागि साथीभाई पनि लत लगाइसके पछि त्यो पुरा गर्न सकिने र त्यो खालको बाटो हुँदै गएपछि यसरी जोडिएको हो ।’
यसमा नियन्त्रणका लागि विभिन्न सचेतना मूलक कार्यक्रमहरु गर्दै आइरहेको बताउदै उनले अभिवाकले ध्यान दिएर सबैको सहकार्यमा सचेनाको कार्यक्रम गर्नु यसबाट हुनसक्ने सम्भावित क्षति दुर्घटनाका विषयहरुलाइ जानकारी गराउने र त्यसमा पुर्नस्थापना केन्द्रमा लगेर घटाउने विकल्प नरहने बताए ।

सबै समाजले तीनै तहले लागु गरेको कार्यक्रममा एकवद्धता जनाउन अवाश्यकता रहेकोमा उनले जोड दिए ।
‘ प्रहरीका काम अनुसन्धान गराउने हो यसलाई नियन्त्रण लिनुपर्छ, अप्रेशन गराउनुपर्छ यसको आधारमा हामीले यसपालि ११ सय ४१ जनालाई नियन्त्रणमा लिएका छौँ यसमा प्रयोगकर्ता विक्रेता दुवै छन् ,’ उनले भने,‘कानुनको परिधिमा रहेर हामीले काम गर्नुपर्छ ।’े ब्राउन सुगर , टयाब्लेट, इन्जेक्सन लगायत सिमानाका हुँदै आउने गरेको बताउदै उनले फाम्रेसीमा बेलाबेला छापामार्ने काम भइरहेको बताए । उनले भने,‘ यति हुँदाहुँदै पनि यसको प्रयाग गर्ने संख्या क्रमशः केही मात्रामा बढ्दै गएको अवस्था देखिन्छ, यसलाई गम्भिर भएर उपचारका लागि आवश्यक स्थानहरु लगायत कुराहरुमा स्थानीय तहबाट अबिलम्ब गर्नुपर्ने आवश्यकता देखिन्छ ।’

नेपाल प्रहरीसँग सुधार केन्द्र रहेको बताउदै उनले भने,‘ धरानमा नेपाल प्रहरी श्रीमती संघको नेतृत्वमा नागरिकसँग सहकार्य गरेर राखेका छौ त्यसमा पनि अहिले एकसय जना उपचाररत हुनुहुन्छ ।’ उक्त सुधार केन्द्रबाट उपचार भएर गएपछि पुर्नस्थापित भएपछि राम्रो प्रतिक्रिया आएको जानकारी दिँदै उनले त्यति मात्रैले पनि पर्याप्त नहुने हुँदा नियन्त्रण गर्ने पहिलो ठाँउ घर, अभिभावक र विद्यालय रहेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्