विराट नर्सिङ होमले गर्‍यो नवजात शिशुको सफल शल्यक्रिया

<span class='c1'>विराट नर्सिङ होमले गर्‍यो</span> <span class='c2'>नवजात शिशुको सफल शल्यक्रिया</span>

विराटनगर । विराट नर्सिङ होमले नवजात शिशुको सफल शल्यक्रिया गरेको छ ।

बेलका नगरपालिका ६ उदयपुरकी सम्झना राईको एक दिनको बच्चाको विराट नर्सिङ होमले सफल शल्यक्रिया गरेको हो ।

साउन ५ गते शुक्रबार अस्पताल भर्ना भएको नवजात शिशुको खानाको नली नबनेको र तल्लो खानाको नली श्वास नलीसँग जोडिएको अवस्था थियो । यस प्रकारको समस्या दुर्लभ हुने गरेको र अत्यन्तै जटिल अवस्थामा हुने भएका कारण सोही दिन नै शल्यक्रिया गरि उपचार अगाडी बढाएको अस्पताल प्रशासनले जनाएको छ ।

यस्ता खालका समस्या औसात ५ हजार बच्चा जन्मदा कुनै एक बच्चामा यस्तो प्रकारको समस्या देखा पर्ने गरेको शल्यक्रियामा संलग्न चिकित्सकहरुको भनाई थियो । बच्चालाई उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट रेफर गरिएको थियो । शल्यक्रियापछि बच्चाको अवस्था सामान्य हुँदै गएको र यो शल्यक्रिया कोशी प्रदेशको पहिलो पटक भएको बालशल्य चिकित्सक डा. हिरामणी पाठकले जानकारी दिए ।

शल्यक्रियामा बालशल्य चिकितसक डा. हिरामणी पाठकको नेतृत्वमा पेडयाट्रीक एनेस्थेसीयाद्धय डा. बात्सल्य अज्र्याल, डा. रक्षा संग्रौला साथै उपचारमा संलग्न अन्य चिकित्सकहरुमा एन.आइ.सियु स्पेस्लीस्ट डा. दिपराज उपाध्याय, बाल रोग विशेषज्ञ डा. सोनिया दाहाल रहेको अस्पतालले जनाएको छ ।

एक घण्टा बढी समय लागेर सफल शल्यक्रिया भएको बाल शल्य चिकित्सक डा. पाठकले बताउदै यस प्रकारको समस्या अत्यन्तै दुर्लभ रहेको जानकारी दिए ।
विशेषज्ञ चिकित्सकबाट तत्कालै उपचार नपाए यस्तो नवजात शिशुलाई जोगाउन गाह्रो हुने उनले बताए ।
खानाको नली नबनेको नवजात शिशुको विराटमा अहिलेसम्म गरिएको पहिलो शल्यक्रिया रहेको बताउदै उनले सफल शल्यक्रिया गरेर नवजात शिशुलाई बचाउन सफल भएको समेत बताए ।

एक हप्ता अस्पतालमा राखेर उपचारपछि शिशुलाई बिहीबार डिस्चार्ज दिएको छ । ‘जन्मजात नवजात शिशुमा समस्या थियो । खानाको नली बनेको थिएन । त्यो स्वासको नलीसम्म जोडिनुपर्ने हुन्छ । यो जटिल अप्रेशन हो । यो सुष्म तरिकाले अप्रेशन गर्नुपर्ने हुन्छ । चिकित्सकको टिमले त्यही अनुसार सफल शल्यक्रिया गरिएको छ,’ बाल शल्य चिकित्सक डा. पाठकले भने ।

बाहिर पठाइँदै आएका यस्ता प्रकृतिका जटिल उपचार यहाँ सम्भव भएको उनको अस्पतालका चिकित्सकहरुको भनाई थियो ।
अब विराट मेडिकल कलेजमा क्यान्सर उपचार थालेपछि सबै प्रकारका रोगको उपचारका लागि विदेश जानु नपर्ने उनीहरुको दाबी थियो ।
मगर दम्पतीको दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएका थिए । उपचारपछि डिस्चार्जको तयारीमा रहेका नवजात शिशुका बुवा मणीराज मगरले छोरीलाई बचाउन उपचारमा खटिने चिकित्सकको टिमलाई धन्यावद दिए ।

‘धरानबाट विराटनगरको अन्य हस्पिटल पनि गए । त्यहाँ उपचार नहुने भएपछि विराट नर्सिङ होममा लिएर आएको थिए । यहाँ ल्याएपछि सफल उपचार पनि भयो र छोरीलाई बचाउनुहुने चकित्सकको टिमलाई धन्यावाद व्यक्त गर्दछु,’ उनले भने । म सँग छोरीको अप्रेशनका लागि डिपोजिट गर्ने रकम पनि थिएन केही महंगो भएपनि अस्पतालको चिकित्सक र यहाँको कर्मचारीहरुको सहयोगले मेरो छोरीको उपचार राम्रो भयो ।

उनले अन्य स्थानमा जानु परेको भए धेरै खर्च हुने बताउदै आफ्नै प्रदेशमा जटिल उपचार हुँदा सहज भएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्