धरानमा डेंगु महामारी, विराटनगरमा यस्तो तयारी

<span class='c1'>धरानमा डेंगु महामारी,</span> <span class='c2'>विराटनगरमा यस्तो तयारी</span>

विराटनगर । सुनसरीको धरानमा महामारीको रुपमा देखिएको डेंगुको सक्रमण विराटनगरसम्म आईपुगेको छ । धरानमा दैनिक आउजाउ गर्ने विराटनगर ठेगाना भएका चारजना डेंगु पोजेटिभ भेटिएका हुन् ।

जेठ अन्तिमदेखि साउन दोस्रो सातासम्ममा धरानमा दुई हजार ५०० आसपास संक्रमितको संख्या पुगेको छ । अहिले समान लक्षण देखिने धेरैमा डेंगु पुष्टि हुँदै आएको छ ।
धरानमा फैलिएको डेंगुको जोखिम विराटनगरमा समेत विस्तार हुनसक्ने जोखिम रहेको भन्दै अहिले त्यसको रोकथाम पूर्वतयारीका कार्यक्रम सुरु गरिएका छन् । विराटनगर महानगरपालिका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत हैदर अलिका अनुसार हालसम्म १० जनामा डेंगु पोभेटिभ देखिएको छ । जसमध्ये चारजना धरान बस्दै आएका विरानगर ठेगाना हुनेहरु रहेका छन् ।

विराटनगरमा डेंगु संक्रमण फैलाउने ‘भेक्टर’ रहेका कारण जोखिम न्यूनीकरणका लागि नागरिक तहमा सावधानी अपनाउन आग्रह गरिएको छ । विराटनगर महानगरपालिकाले शुक्रबार सरोकारवाला निकायसँग छलफल आयोजना गरेर तयारीका तीन चरण बारे छलफल गरेको छ । तीन तहका सरकारले चासोका साथ नियन्त्रणका लागि पहल लिने निर्णय भएको स्वास्थ्य शाखा प्रमुख अलीको भनाई छ ।

नागरिकले अपनाउनु पर्ने सावधानी
डेंगु संक्रमण प्रिमनसुन र पोष्ट मनसुनको समयमा हुने गर्दछ । यो एडिज जातको लामखुट्टेको दिउँसोको टोकाईबाट लाग्ने गर्दछ । खासगरी यसबाट सुरक्षित हुनका लागि घरवरिपरिको सरसफाई र पानी जम्नसक्ने कुनैपनि किमिसका स्थानहरुको पहिचान र नष्ट रहेको छ । पानी जम्नसक्ने स्थानमा डेंगुको स्रोत सिर्जना हुने भएकोले त्यस्तो स्थानलाई खाली गर्नका लागि महानगरपालिकाले आह्वान गरेको छ ।

के गरिरहेछ महानगरपालिका
विराटनगमरमा अहिले डेंगु संक्रमणबाट सुरक्षित हुन महानगरपालिकाले माईकिङ्गलगायतको सचेतनाको कार्यक्रम गरिरहेको छ । स्वास्थ्य शाखा प्रमुख अलीका अनुसार महानगरपालिकाका २१ स्वास्थ्य शाखामा जीवन जल र सिटामोलको उपलब्धता सुनिश्चित गरिएको छ । जनप्रतिनिधि र महिला स्वयम् सेवकलाई सचेतना, १४८ आमा समूहमा डेंगुबारे सचेतना तालिम दिइएको छ । वडास्तरमा ‘खोज र नष्ट गर’ अभियान रहेको छ ।

यस्तो छ योजना
यदि डेंगु संक्रमण महामारीको रुपमा फैलिएमा विराटनगरमा तीन तहका सरकारको समन्वयमा कोभिडको समयमा स्थापना गरिएको कोशी कोभिड अस्पताललाई प्रयोगमा ल्याईने भएको छ । यस विषयमा सोमबार भएको छलफलमा निकष्र्ष निकालिएको हो । तर, यसका लागि कोशी अस्पतालमा उपचारका लागि स्थापना गरिएको वार्डमा असहज स्थिति आएपछि निर्णय गरिनेछ । महामारीकै रुपमा फैलिएको अवस्थामा संक्रामक अस्पतालमा डेंगुको उपचार गर्ने तयारी मिलाइने भएको छ ।

अहिले कहाँ के छ सेवा
विराटनगरमा डेंगुको संक्रमण परीक्षण कोशी अस्पताल र प्रदेश प्रयोगशालामा निःशुःल्क परीक्षण हुँदै आएको छ । तर, चिकित्सकले सामान्य लक्षण देखिने बित्तिकै यसको परीक्षणका लागि सिफारिस गर्ने गरेका छैनन् । कारण एक हजार जनालाई संक्रमणमध्ये एकसयजनालाई केहि अफ्ठ्यारो पार्ने र त्यसमध्ये पनि दशजनालाई अति समस्या हुने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्