विराटनगर । इटहरीको अपार सफलतापछि,अब लोटस कोरियन भाषाको तयारी कक्षा विराटनगरमा संचालन भईरहेको छ। विराटनगरको बरगाछी चोकस्थित लोटस मल्टी ट्रेनिङ्ग प्रा.लि.विराटनगर शाखाले विगत एक वर्षदेखि कोरियन भाषाको कक्षा संचालन गरिरहेको हो।
विराटनगरमा कोरियन भाषा सिक्न चाहनेलाई मध्यनजर गर्दै आधारभुत तहबाट अध्ययापन भईरहेको लोटस मल्टी ट्रेनिङ्ग प्राली विराटनगर शाखाले जनाएको छ।
कोरियन भाषा पढ्न इच्छा र आकांक्षा हुँदाहुँदै पनि आफ्नो घरायसी परिस्थितिले पढ्नका लागि अन्य ठाउँ जान नपाएर वञ्चित भएका विद्यार्थीलाई मद्दत पुगोस भन्ने उदेश्यले दक्ष र अनुभवी प्रशिक्षकबाट शाखा शुरुवात गरिएको लोटस मल्टी ट्रेनिङ्ग प्राली विराटनगर शाखाले जनाएको छ।
आवश्यकता अनुसार विद्यार्थीको तहअनुसार छुटाछुटै कक्षाको व्यवस्था गर्दै ईन्स्टिच्युटको आफ्नै पाठ्यपुस्तक तथा अन्य सहयोगी पाठ्य सामग्रीको माध्यमबाट बेसिक लेबलदेखि पठनपाठन गराइदै आएको लोटस मल्टी ट्रेनिङ्ग प्राली विराटनगर शाखा प्रबन्धक निर्देशक अरविन्द मेहताले जानकारी दिए ।
सरल ढंगले शिक्षण गराउँदै हरेक हप्ता टेष्ट क्लास लिई विद्यार्थीहरुको प्रगति विवरण चुस्त दुरुस्त राखी आवश्यक सरसल्लाह, अतिरिक्त कक्षाहरु तथा पाठ्य सामग्रीहरुको व्यवस्था रहेको उनले बताए । विद्यार्थीको माग र चापलाई ध्यानमा राखी दैनिक बिहान ५ बजेदेखि बेलुका ७ बजेदेखिसम्म कक्षा सञ्चालन हुने जनाएको छ ।
सहभागी विद्यार्थी भरत लिम्बू भन्छन्, ‘स्थानीय ठाउँमा कोरियन भाषा कक्षा सञ्चालन हुँदा घरको काम र आफ्नो व्यवहार सम्हालेर पनि सिक्ने अवसर पाइयो,’हामी जस्ता काम गर्दै पढ्न चाहने विद्यार्थीलाई सहज बनेको छ ‘ उनले भने ।
त्यसैगरी अर्का विद्यार्थी रोजीना भगत भन्छिन् : अन्य इन्टिच्युट भन्दा यहाँ राम्रोसँग अध्ययापन गराउने हुँदा मैले लोटसलाई रोजेको उनले बताईन।
ईपीएस टपिकको परीक्षालाई मध्यनजर गरी परीक्षामा विद्यार्थीहरुले सामना गर्नु पर्ने सम्भावित समस्याहरुलाई सम्बोधन गर्ने गरी दैनिक टेष्ट लिइने साथै ट्याब टेस्टको समेत व्यवस्था रहेको जनाएको छ ।
ईन्स्टिच्युटमा ५०० जना भन्दाबढी विद्यार्थी पठनपाठन गर्दै आएका छन् । कोरियन भाषा सिक्नको लागि मोरङ,सुनसरीलगायतका जिल्लाबाट आउने गरेको उनले बताए।
यस क्षेत्रका विद्यार्थीलाई अन्य ठाउँमा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै यहींबाट अन्तिम परीक्षा तयारी कक्षाको समेत व्यवस्था गरिने हुँदा सरोकारवाल विद्यार्थीले मौकाको फाइदा लिन प्रबन्धक निर्देशक मेहताले आग्रह गरे।
इटहरीमा २२ वर्षदेखि निरन्तर हालसम्म अध्ययन तथा रोजगारीका लागि हजारौंलाई दक्षिण कोरिया,जापान,इजरायल,अष्ट्रेलिया,युके,अमेरिका जस्ता देशमा पुर्र्याउन लोटस मल्टी ट्रेनिङ्ग प्राली सफल भएको छ।