मोसो दल्ने नेबिसंघका केहि कार्यकर्ता निलम्बन र केहिलाई नसियत

<span class='c1'>मोसो दल्ने नेबिसंघका केहि कार्यकर्ता</span> <span class='c2'>निलम्बन र केहिलाई नसियत</span>

विराटनगर ।   नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई मोसो दलेको आरोप लागेका केहि विद्यार्थीलाई निलम्बन र केहिलाई नसियत गरेको छ ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाद्वारा सोमबार जारी विज्ञप्तिका अनुसार गलत काममा संलग्न केहीलाई निलम्बन र केहीलाई नसियत दिएको उल्लेख छ । ‘पूर्वाञ्चल विश्वविद्यालयको घटनामा नेविसंघमा आवद्ध केही व्यक्तिहरुको संलग्नता पुष्टि भएको हुँदा नेपाल विद्यार्थी संघको विधान, २०२७ ९सातौं संशोधन २०७५ बमोजिम अनुशासनको कारवाही गरी केहीलाई निलम्बित गरिएको छ भने केहीलाई नसियत दिइएको छ’, उल्लेख छ ।

२९ जेठमा नेविसंघका केही विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष दाहाललाई क्वार्टरमै पुगेर मोसो दलेका थिए । नेविसंघ केन्द्रीय कार्य समितिले घटनाबारे सत्यतथ्य छानबिन गर्न समिति गठन गरेको थियो ।

यस अगाडी प्रकाशित समाचारमा भुलबस व्यक्तिको नाम उल्लेख हुन गएकोमा क्षमाप्रार्थी छौं । सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्