विराटनगरमा साइकल यात्रीमाथि अमानवीय व्यवहार गर्ने आयुष भेटवाललाई धरौटीमा छाड्ने आदेश

<span class='c1'>विराटनगरमा साइकल यात्रीमाथि अमानवीय व्यवहार गर्ने</span> <span class='c2'>आयुष भेटवाललाई धरौटीमा छाड्ने आदेश</span>

विराटनगर । साइकल यात्रुमाथि अमानवीय व्यवहार गर्ने आयुष भेटवाललाई जिल्ला अदालत मोरङले एक लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।

जिल्ला अदालत मोरङका न्यायधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले विराटनगर महानगरपालिका ४ का आयुष भेटवाललाई एक लाख धरौटीमा छाड्ने आदेश दिएको हो । आदशेपछि उनी धरौटी बुझाएर छुटेकका छन् । भेट्वामाथि आइतबार ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको थियो तर सोमबार थुनछेक बहसपछि एक लाख धरौटीमा छाड्ने आदेश भएको जिल्ला अदालत मोरङले जनाएको छ ।

घटनामा संलग्न भनिएका अर्का प्रतिवादी १७ वर्षे किशोर फरार छन्।

अदालतबाट उनलाई पक्राउ गर्न ३५ दिने सूचना जारी भएको छ । कार चालक तेह्रथुमको फेदाप गाउँपालिका - ४ का ३० वर्षीय रोशन कार्कीविरुद्ध मुद्दा नचल्ने निणर्य सरकारी वकिलको कार्यालयले गरेको छ ।

घटना के थियो ?
असार १९ गते करिब ८ बजेतिर कामबाट घर फर्किदै गरेका साइकल यात्री २७ वर्षिय पवनकुमार साह माथि भेटवालले दुध फारम अगाडी मुक्का प्रहार गरेका थिए । उनले गलत दिशाबाट साइकल कुदाएको भन्दै बा १५ च ३४४५ नम्बरको कारमा सवार भेटवालले मुक्क साहमाथि मुक्का प्रहार गर्दा उनी सडकमा ढलेका थिए ।

सडकमा ढलेको साहलाई अमानविय तरिकाले घिसार्दै सडक छेवैमा छाडेर भेटवाल आफ्नो गन्तव्यमा लागेको दृश्य समाजिक सञ्जालमा सार्वजनिक भिडियोमा देख्न सकिन्थ्यो । साहको साइकल भने अर्का कुशल भेटवावलले किनारमा फालिदिएका थिए । कुटाइपछि बेहोस बनेको साहलाई प्रहरीले स्थानीय को समन्वयमा कोशी अस्पतालमा उपचारका लगि पु¥याएका थिए ।

घटनापछि फरार रहेको भेटवाललाई प्रहरीले घटना भएको १० घण्टामा घरैबाट नियन्त्रणमा लिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्