कोशी प्रदेश : सभामुखलाई राजीनामा गराएर नयाँ सरकार गठनको तयारी

<span class='c1'>कोशी प्रदेश : सभामुखलाई राजीनामा</span> <span class='c2'>गराएर नयाँ सरकार गठनको तयारी</span>

सुजता लिम्बू
विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेको समय आज सकिँदैछ।

आज बेलुका ५ बजेसम्म लागि दलहरुलाई बहुमतका लागि दाबी गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय सकिन लागेको हो।

संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न भनिएको छ।

सोही अनुसार सत्तारुढ गठबन्धन सरकार गठनको तयारीमा जुटी रहेका छन् । सत्तारुढ गठबन्धनले कोशी प्रदेशको सभामुख बाबुराम गौतमलाई राजीनामा गराएरै भएपनि सरकारको नेतृत्व दाबी गर्ने तयारीमा जुटेका जुटेका छन् । पूर्व सहमति अनुसार कांग्रेसका उद्धव थापाको नेतृत्वमा दाबी गर्ने निश्चित रहेको गठबन्धन दलका नेताहरुले बताउदै आइरहेका छन् । थापा असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर सभामुखको हस्ताक्षरसहित सरकारमा दाबी पेश गरेपछि सर्वाेच्च अदालतले मुख्यमन्त्रीको नियुक्तीको बदर गर्दै नयाँ सरकार गठन गर्न परमादेश दिएको थियो ।

परमादेशपछि सभामुख गौतमलाई लाई राजीनामा गराएर भएपनि सरकारमा दाबी पेश गर्ने तयारी रहेको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबबहादुर आङ्बोले बताए । उनले भने,‘ सभामुख ज्यु सँग अन्तिम छलफल भइरहेकोछ, उहाँको राजनीनामा गराएर भएपनि सरकार गठनको तयारीमा जुटेका छौँ,।’ पूर्व अर्थमन्त्री समेत रहेका आङ्बोले तत्काल मुख्यमन्त्रीमा आफ्नो दाबी नरहेकाले उद्धव थापाको नेतृत्वमा सरकार गठनको तयारी रहेको बताउदै उनले राप्रपा सकारात्मक नरहेकाले आफ्नो मुख्यमन्त्रीमा दबाी नरहेको बताए । उनले भने,‘ राप्रपाले नसघाउने भनेका छन्, उहाँहरु सकारात्मक नभएसम्म मेरो दाबी रहँदैन ।’

यतिबेला सरकार गठनको छलफलका लागि गठबन्धन दलका नेताहरु काठमाडौँमा छन् ।

यस्तो छ अंकगणित

कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने ९३ जना सांसदहरु छन् । जसमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।कांग्रेसका २९, माओवादी केन्द्रका १३( सभामुखलाई राजीनामा गराएपछि), नेकपा एकिकृत समाजवादीका ४ र जसपाका १ गरी ४७ मत पुग्नेछ ।

सभामुखको राजीनामा माओवादी भित्रै असन्तुष्टि

यता, सभामुखको राजीनामालाई लिएर माओवादी केन्द्र भित्र असन्तुष्टि छाएको छ । सभामुखलाई राजीनामा गराउनु आत्मघाति कदम रहेको माओवादी केन्द्रका सांसदहरु बताउदै आइरहेका छन् । विश्वासको मत पाउने ज्ञारेन्टी नभई सभामुखलाई राजीनामा गराउनु आत्मघाति कदम रहेको उनीहरुको भनाई छ ।

नयाँ सरकारलाई विश्वासको मत पाउन सकस

सभामा सभामुखलाई राजीनामा गराएर सरकार गठनको तयारीमा जाँदा पनि गठबन्धन दलको संख्या ४७ पुग्छ तर विश्वासको मत पाउने भने पाउन सकस देखिन्छ । सभामुखले राजीनामा दिए उपसभामुख सृजना दनुवारलाई पनि राजीनामा गराउने एमालेको तयारी छ । एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी परिस्थीतिसृजना भए उपसभामुखले पनि राजीनामा दिने बताउँछन् । सभामुख र उपसभामुख नभएको अवस्थामा ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नुपर्ने हुन्छ । प्रदेशसभामा ज्येष्ठ सदस्य सत्ता गठबन्धन दलका अर्थात नेपाली काँग्रेसका गयानन्द मण्डल रहेका छन् ।

तर, सभामुखलाई राजीनामा गराउँदा एमालेले उपसभामुखलाई पनि राजीनामा गराउदा ज्येष्ठ सदस्य गठबन्धनमा भएकाले मण्डललाई सरकारमा लगेर विश्वासको मत लिने दिनको बैठकमा एमालेले आफ्ना ज्येष्ठ सदस्यलाई उपस्थित  गराएन भने असहज परिस्थिति हुने गठबन्धन दलका नेताहरु बताउँछन् ।

विश्वासको मत लिने प्रयोजनका लागि बैठक बस्दा सत्ता पक्षकै ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नुपर्ने बाध्यता आउन सक्छ ।
सत्ता पक्षकै सांसद अध्यक्षता गरे सत्ता पक्षमा ४६ र प्रतिपक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ हुनेछ । बैठकको अध्यक्षले बराबर मत भए मात्रै निर्णयक मत दिन पाउँछन् ।

प्रतिपक्षी दलले बैठकमा आफ्ना एक जना मात्रै सांसद अनुपस्थीत गराए बराबर अध्यक्षले निर्णयक मत दिन पाउँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्