विराटनगर । सभामुखको हस्ताक्षर प्रयोग गरि सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका नेपाली काँग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले पुनः मुख्यमन्त्रीको लागि दावी पेश गरेका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समयभित्रै संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा थापाले मुख्यमन्त्री दावी गरेका हुन् ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । सभामुखले राजीनामा दिएसँगै माओवादी केन्द्रका १३, कांग्रेसका २९, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक गरी ४७ सांसदको समर्थन जुटाइएको हो ।
यसअघि सभामुखको हस्ताक्षर प्रयोग गरि सरकार गठन गरेका कारण थापा २२ दिनमै सर्वोच्चको आदेशले पदमुक्त भएका थिए ।