विराटनगर । कोशी प्रदेशमा २६ दिन अगाडीको नियुक्ति सर्वोच्च अदालतले बदर गरेपछि पुनः मुख्यमन्त्री दावी गरेर फर्केका उद्धव थापा नेतृत्वमा माओवादी केन्द्रले बाबुराम गौतमलाई मन्त्री बनाएर पठाउने भएको छ । बुधबार बिहान प्रदेश प्रमुख पर्शुराम खापुङ्समक्ष पद तथा गोपनियताको शपथ लिने कार्यक्रम रहेपनि साँझ ५ बजेलाई सरेको छ ।
सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने निर्णय एकमतसहित गरिएको पूर्व मन्त्री तथा केन्द्रीय सदस्य जीवन आचार्यले जानकारी दिए । उनले कुन–कुन मन्त्रालय भन्ने विषय टुङ्गिन बाँकी रहेका बेला आफू केन्द्रीय समिति बैठकमा काठमाण्डौं हिडेको जानकारी दिए । मन्त्रालय कुन भन्ने टुङ्गिन बाँकी छ, तर माओवादीकोतर्फबाट सरकारको नेतृत्व उहाँ (गौतम)ले गर्नुहुनेछ ।
मन्त्रिपरिषद्को कार्यविभाजन काँग्रेसका कारण ढिला भएको हुनसक्ने आचार्यको भनाई छ । सभामुखबाट राजीनामा दिएर गठबन्धनको निम्ति दिनु भएको योगदानलाई सबैले स्वीकार गरिसकिएको छ, आचार्यले भने–अहिले बाबुराम गौतम हैन, म हुनुपर्छ भन्ने मान्यता छैन । आचार्यले मन्त्री हुनै नहुने भन्ने विषय आफूसँग जोडिएर आउने गरेको बताए । तर, माओवादी भित्र निर्वाचित प्रदेशसभामध्ये सबैभन्दा धेरै मतदाता भएको क्षेत्रको उमेदवार हो भन्ने कुरा कसैले पनि बिर्सन नहुने बताए ।
गठबन्धनको सरकारको मन्त्री हुने भन्दा विश्वासको मत लिने कुरा ठूलो भएकोले अहिले त्यतातर्पm सबैको ध्यान भएको आचार्यको दावी छ । आफ्नो नाम जोडेर आएका समाचारले आफूलाई गलत सावित नगर्ने बताउँदै आचार्यले भने–मतदाताले मत दिएर निर्वाचित प्रदेशसभा सदस्य भएकोले सरकारमा जाने अवसर खुल्ला रहन्छ, दावी कहिले कहाँ र कतिखेर गर्ने भन्ने कुरा मात्रै हो ।